अलस्टार र हिमसागर फाइनल प्रवेश , उपाधिका लागि भोलि भिड्ने

कञ्चनपुर : जिल्लाको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको दशै कप फुटबल प्रतियोगिताको अल स्टार युवा क्लब फाइनलमा प्रवेश गरेको छ। कोभिड-१९ कोरोना भाइरसको महामारी पछि दुई वर्षपछि हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली-२०७८ को पावन अवसरमा बेलडाँडी गाउँपालिका वडा न.२ को विशेष सहयोगमा एकता युवा क्लबले स्थानीय खेलाडी उत्पादनका लागि स्थानीय स्तरको खुल्ला फुटबल प्रतियोगिताको सेमिफाइनलमा अलस्टार युवा क्लबले प्रगती एकता समाज लाई ४-२ गोलको अन्तरले हराउदै फाइनलको यात्रा तय गरेको छ।

अल स्टारको तर्फबाट जर्सी नम्बर ११ का विशाल शाहीले २ गोल,विशाल शाह र पुष्कर बोहराले टिमको लागि एक-एक गोल गरेका थिए। प्रगतिको तर्फबाट गणेश कार्कि र विपिन भट्टले आफ्नो टिमका लागि समान एक-एक गोल गर्दा पनि टिमलाई भने जित दिलाउन सकेनन् । यसैगरी हिमसागर युवा विकास केन्द्र झिलमिला र बेलौरी नगरपालिका वडा न.६ बिच भएको दोस्रो सेमिफाइनल खेलमा बेलौरी नगरपालिका वडा न.६ लाई हिमसागरले ३-० गोलको अन्तर हराउदै फाइनल प्रवेश गरेको छ। हिमसागरको तर्फबाट हिक्मत बुढा,नरेन्द्र रोकाया र शेखर ओखेडाले आफ्नो टिमको लागि समान एक-एक गोल गर्दै टिम लाई जित दिलाएका छन।

प्रतियोगितामा विजेता हुने टिमले २१ हजार प्रमाणपत्र, ट्रफी र उपविजेता हुने टिमले ११ हजार नगद प्रमाणपत्र ,ट्रफी हात पार्ने प्रतियोगिता संयोजक सचिन कठायतले बताएका छन् । उनका अनुसार असोज २२ गते संचालन भएको प्रतियोगितामा स्थानीय स्तरका १६ टिमको सहभागिता रहेको थियो भने भोलि असोज २८ गते रौलेश्वर मा.वि को खेलमैदानमा दिउँसो २ बजे अल स्टार युवा क्लब र हिमसागर युवा विकास केन्द्र बिच फाइनल हुने छ।

ताजा समाचार