अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा शुभकामना कार्यक्रम : शैक्षिक सुधारमा जोड

कञ्चनपुर : अखिल क्रान्तिकारी कञ्चनपुरले दशैँ, शुभ दिपावली, छठ एव नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मंगलबार महेन्द्रनगरमा वडादशैँ, शुभदिपावली छल एव नेपाल सम्वतको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले दशैँ, तिहारका बेला विद्यार्थीमा परेको पिरमर्का, कोरोना महामारीबाट गुज्रिएको अवस्थामा कसरी शैक्षिक सुधार गर्ने भन्ने विषयमा समेत छलफल गरिएको बताए । कार्यक्रममा वक्ताहरुले शैक्षिक सुधारका लागि क्रान्तिकारीको भूमिमा अहम हुने विषयबस्तु राखेका थिए । शैक्षिक सरोकारवालाले कञ्चनपुरमा शैक्षिक माफियाकरण, थुप्रै विकृती विसङगत भएकाले शैक्षिक सुधारका लागि क्रान्तिकारीको भूमिका हुने भएकाले जता गलत भएको छ, त्यता क्रान्तिकारीले भूमिका निर्वाहमा जोडदिएका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रं कञ्चनपुरका इन्चार्ज एव संविधान सभा सदस्य देविलाल चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका नेता कार्यकर्ता, शिक्षक बुद्धिजिवी, वकिल सहितका शैक्षिक सरोकारवाला निकायका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

ताजा समाचार