बादी घरपरिवारलाई दशैमा सामाजसेवी भिम कुमालको खाद्यान्न सहयोग

दोधारा । भौतिक तथा सामाजिक विकासमा सरकार कटिबद्ध हुन त जरुरी छ नै, तर सरकारको मात्र जिम्मेवारी भने होइन् । आफ्नो टोल र बस्ती रुपान्तरण गर्न आफैं लागि परेका केही समाजसेवीहरु उदाहरणीय बनेका छन् । समाज सेवाका लागि धन होइन मन हुनुपछर्् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत केही वर्ष देखि सामाजिक कार्यका उदाहरणका पात्र हुन् सामाजसेवी भिम कुमाल । उनले कोरोनाको कारण उब्जेको संकट होस् वा दुखी गरिब तथा असाहयका घडीमा सहयोगी पात्र बन्दै आएको उनका पछिल्ला गतिबिधीले देखाएको छ् । मनका धनीहरुले समाज रुपान्तरणमा ठूलो भूमिका खेलेको पनि हामीले देखेकै छौं । त्यस्ता ‘मनकारी हातहरु’ हाम्रै टोल, छिमेकमा पनि छन् भन्ने ज्वलन्त उदाहरण भिम कुमाल रहेको सामाजमा छाप परिसकेको छ् ।

समाज सेवा गर्न को लागि न त धन चाहिन्छ, न त उमेरको परिपक्वता नै । त्यस्तै उदाहरणीय बनेका छन्, सामाजिक भिम कुमाल ।  उनी नेकपा माओबादी केन्द्र दोधारा चाँदनीमा सचिव पदमा समेत रहेका छन् । बिगतका दिनहरुमा दोधारा चाँदनी क्षेत्रमा दिन दुखीको सहयोगी बन्दै आएका भिम कुमालले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा बस्दै आएका बादी घरपरिवारलाई दशैको मुखमा खाद्यान्न सहयोग गरेका छन् । एक छार्न समस्या पर्दै आएका बादी घरपरिवारलाई उनले प्रति घरपरिवार १० केजी चामल, १ किलो दाल, १ लिटर खाने तेल र एक प्याकेट नुन गरि ७ घरपरिवारलाई बितरण गरेका छन् ।

खाद्यान्न बितरण कार्यक्रममा सामाजसेवी तथा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमाल, दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, नेकपा माओबादी केन्द्र जिल्ला कमिटि सदस्य धनसरा नाथ, नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटि सदस्य भक्त बहादुर सुनार, नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटि सदस्य तथा तत्कालिन माओबादी जनयुद्धका लडाकु भुपेन्द्र नेपाली, सनसाईन ई. बोर्डिङ्ग स्कुलका प्रधानध्यापक मोहन बहादुर सिंह, नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटि सदस्य लक्ष्मी राना लगाएत बादी घरपरिवारहरुको सभागिता रहेको थियो ।

एक छान टार्न समस्या पर्दै आएका बादी घरपरिवारलाई दशैको बेला सामाजसेवी कुमालले खाद्यान्न दिएपछि उनिहरु निकै खुशी भएका छन् । ‘घरमा के खाने समस्यामा भएको बेला दाता भिमजीले हामीलाई खाद्यान्न दिएर निकै गुना लगाउनु भएको छ्’ बादी समुदायका मुखिया भिरभाने बादीले भने– ‘अब मज्जाले दशैमा मनाउन पाईने भईयो ।’ बिगतका दिनहरुमा आफुहरुलाई सामाजसेवी भिम कुमालले सहयोग गर्दै आएको उनले बताए । दुखी गरिबहरुलाई ब्यक्तीगतरुपमा सहयोग गर्दै आएको भन्दै सामाजसेवी कुमाललाई रेशम बादीले समेत धन्यबाद दिएका छन् । ‘बारम्बार हामी दुखी गरिबलाई सहयोग गर्दै आउनु भएको छ भिमजीले, हामी गरिबहरुको आषिश लागोस्’ रेशम बादीले भने । घरमा चुल्हो जलाउन समस्या भएको अवस्थामा दशैमा मनाउन खाद्यान्न दाताले दिएपछि बादी परिवारमा निकै उत्साह जागेको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा सामाजिक कार्यमा अघि देखिएका भिम कुमालले दशैको मुखमा के खाने चिन्तामा तडपिएका बादी परिवारलाई खाद्यान्न सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले सामाजिक कार्यमा भिम कुमाललाई उच्च सम्मान गर्नु पर्ने बताए ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा समेत सामाजसेवी भिम कुमालले प्राथमिक स्वास्थ्यकर्मीलाई पिपिई सेट, सेनिटाइजर, मास्क, एम्बुेन्स चालकलाई पिपिइ सेट, मास्क तथा माहाकाली नगरपालिकालाई २० पेटी चाउचाउ, २० पेटी बिस्कुट र नगद रु. ५० हजार समेत प्रदान गरेका हुन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणको बेला सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा आफै पुगेर मिनरल वाटर, चाउचाउ समेत बितरण गरेका थिए ।

 

 

 

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार