बेलौरीमा एमाले छाड्दै धमाधम समाजवादीमा प्रवेस गर्दै

कञ्चनपुर: एमाले फुटेसंगै कञ्चनपुरको बेलौरीमा त्यसका प्रत्यक्ष प्रभाव परेको छ । एमाले नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरेर नेकपा एकिकृत समाजवादीमा प्रवेस गरिरहेका छन । कुल १० वडा रहेको बेलौरीमा विभिन्न वडाहरुबाट एमाले नेता कार्यकर्ताहरुले समाजवादी पार्टी रोजिरहेका छन । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता एव बेलौरीका संयोजक लाल बहादुर शाहीले एमाले परित्याग गर्दै समाजवादी रोजिरहेको बताए । ‘एमाले छाड्दै समाजवादीतिर नेता कार्यकर्ताको आकर्षण बढ्दै गएको छ , ‘उनले भने, ‘एमाले नेतृत्व देखेर वाक्क भएर नेता कार्यकर्ता कमरेड माधव कुमार नेतृत्वको समाजवादी पार्टीमा आईरहेका छन ।’

मंगलबार मात्रै बेलौरी नगरपालिका ३ खिरिया क्षेत्रका पुर्व एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेका छन । समाजवादी बेलौरीका संयोजक शाहीका अनुसार पुष्पलाल स्मृति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महाबिर गिरी, गगन बाँनिया, धर्मेस गिरी, माया शर्मा लगायतका नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेका छन । समाजवादीमा प्रवेस गरेका नेता कार्यकर्तालाई समाजवादी कञ्चनपुरका अध्यक्ष एव सुप प्रदेशका अर्थमन्त्री तारालामा तामाङ्ग सहितका समाजवादीका नेता कार्यकर्ताले स्वागत गरेका छन । एमाले छाड्दै समाजवादी रोज्ने नेता कार्यकर्तालाई समेत उचित जिम्मेबारी दिईने समाजवादीले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds