पुर्व राज्यमन्त्री रावलद्वारा प्रदेशवासीमा शुभकामना प्रदान

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका पुर्व राज्यमन्त्री प्रकास बहादुर रावलले दशैँ, शुभ दिपावली, छट तथा नेपाल सम्वतको अवसरमा प्रदेशबासीलाई शुभकामना दिएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित पुर्वमन्त्री राज्यमन्त्री रावलले यस बर्षको दशैँ, शुभ दिपावली, छट तथा नेपाल सम्वतको अवसरमा प्रदेशबासी जनतालाई शुभकामना दिएका हुन ।

पुर्वराज्य मन्त्री रावलले दशैँ, तिहारका बेला आफु सुरक्षित भएर दशैँ तिहार शान्तिपूर्ण ढङगले मनाउन नागरिकसंग आग्रह गरेका छन । ‘दशैँ तिहारका बेला रमाईलो गर्ने क्रममा हुनसक्ने क्षतिलाई मध्य नजर गर्दै मनाउनुहोला, ‘पुर्व राज्यन्त्री रावलले भने, ‘कोरोना अझै नहटेको अवस्थामा सुरक्षित भएर मनाउनुपर्छं ।’ चाँडवाडका बेला अत्यधिक मदिरा सेवन गरेर हुनसक्ने सवारी दुर्घटनादेखि अन्य समाजिक घटनाबाट जोगिन समेत आग्रह गरेका छन । दशैँ तिहारलाई भटकिलो भन्दा सुदूरपश्चिमको लोक संस्कृति संरक्षणलाई समेत ध्यानमा राखेर मनाउन आब्हान गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds