एकिकृत अखिल नेपाल शिक्षक सगठनको शुभकामना आदान प्रदान

कञ्चनपुर : एकीकृत अखिल नेपाल शिक्षक सगठन भीमदत्त नगर कमिटीले दशैँ, तिहार एव छठ पर्वको अवसरमा चियापान ,शुभकामना आदानप्रदान गरेको छ । सोमबार अखिल नेपाल शिक्षक सगठन भीमदत्त नगर कमिटीले दशैँ, तिहार एव छठ पर्वको अवसरमा चियापान ,शुभकामना आदानप्रदान गरेको हो । भृकुटी माविमा आयोजना गरिएको कार्यक्रममा नव नियुक्त प्रअको सम्मान समेत गरिएको छ ।

कार्यक्तममा प्रमुख अतिथि समेत रहेका एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य टेक ब चन्द बिशिस्ट अतिथि रमा उपाध्याय,नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र ढुंगाना प्रदेस सचिवालय सदस्य परमानन्द नाथ ,जिल्ला अर्थ सचिव डम्बर दत्त जोशी ,पुर्व नगर अध्यक्ष भगिरथ पान्डेय ,बेतकोट नगर अध्यक्ष गणेश धानुक ,शिक्षक नेता लोकेन्द्र जोशि ,नवराज जोशी ,जगत सुनार लगाएतले शुभकामना राख्दै शैक्षिक क्षेत्रको विकासमा जोडदिए । एकिकृत अखिल नेपाल शिक्षक संगठन भिमदत्त नगरका अध्यक्ष बिरेन्द्र प्रशाद भट्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर कमिटी सचीव मनिराम सार्की ले कार्यक्रम सन्चालन गरेका थिए ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार