शिक्षक कर्मचारीले दशैँमा पनि तलब पाएन् शिक्षक संगठनद्वारा मेयरको कार्यकक्षमा तालाबन्दी

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले शिक्षक कर्मचारीलाई चालु आर्थिक बर्ष २०७८/०७८ को तलब भुक्तानी नगरेपछि शिक्षक कर्मचारी आन्दोलित भएका छन । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा शिक्षक, विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकालाई तलब भुक्तानी नगरेपछि शिक्षक कर्मचारी आन्दोलित भएका छन । निजामति कर्मचारीले प्रत्यक्ष आन्दोलन नगरेपछि नगरपालिका नेतृत्वसंग असन्तृष्ट भएका छन । भने सामुदायिक विद्यालयका शिक्षक कर्मचारी आन्दोलित भएका छन । सामुदायिक विद्यालयका कर्मचारी र बाल विकासका शिक्षिकाले संघ सरकारले न्यूनतम बृद्धि गरेको तलब दिनुपर्ने माग अघि सारेर शुरुवाती चरणदेखि आन्दोलनमा होमिएका थिए । नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनले निजामति कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, बाल विकासका शिक्षकलाई काम गरे बाफत पनि पारिश्रमिक उपलब्ध गराउन स्थानीय सरकारले वेवास्ता गरेकाले आन्दोलनमा उत्रिनु गरेको जनाएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका सचिव गोबिन्द ढाँटले नगर प्रमुख दिल बहादुर ऐरीको असक्षमताकै कारण सरकारी कर्मचारी, शिक्षकले दशौँ मनाउनका लागि समेत आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए । ‘संघ सरकारले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको लागि तोकेको पारिश्रमिक उपलब्ध गराउन पालिका उदाशिन देखियो, ‘उनले भने, ‘हुँदाहँदा निजामति कर्मचारी र हामी शिक्षकको तलब समेत निकासा गरिदिएन ।’ सोमबारदेखि सरकारी कार्यालय बैक सहितका सार्वजनिक संस्थान बन्द भएपनि नगरपालिकाले दशैँ अघि तलब खुवाउन नसक्ने पक्का भएको छ । नगरपालिकाले चरम लार्पबाही गरेको भन्दै एकिकृत अखिल नेपाल शिक्षक संगठनले मेयर दिल बहादुर ऐरको कार्यकक्षमा तालबन्दी गरेका छन । शिक्षक कर्मचारीले सस्तो लोकप्रियताका लागि घरबाटै काठको कुर्सी ल्याएर बस्ने अनि नगरपालिका संचालन गर्न नसक्ने नचाहने भन्दै मेयरको आलोचना गरेका छन । शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विशन सिह थापाले वडाबाट चालु बर्षका कार्यक्रम नआएका कारण यस बर्ष कर्मचारी, शिक्षक, विद्यालय कर्मचारीलाई तलब खुवाउन नसकिएको बताए ।

‘सबै कार्यक्रम सप्टवेयरमा दर्ता गर्नुपर्छ, ‘उनले भने, ‘हामीले त्यो गर्न सकेन, अझै केही दिन लाग्छन, दशैँ लगतै सबैले तलब पाउँछन ।’ ओली नेतृत्वको अघिल्लो संघीय सरकारले चालु आर्थिक बर्ष २०७८/०७९ को बजेट वक्तव्य मार्फत सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि गर्दै ६ हजारबाट सिधै १५ हजार पु¥याउने घोषणा गरेको थियो । तत्कालिन अर्थमन्त्री विष्णू पौडेलले बजेटको २१६ बुँदामा प्रारम्भिक बाल विकासका शिक्षिका र विद्यालय कर्मचारीका लागि सरकारले निर्धारण गरे बमोजिम न्यूनतम मासिक १५ हजार पु¥याउँने घोषण गरिएको थियो । संघ सरकारले ६ बाट २ हजार बृद्धि गर्दै ८ र संघबाटै पालिकालाई दिने डल्लो बजेट मार्फत ७ हजारका दरले थप्ने गरि कुल ५ अर्ब ५५ करोड विनियोजन गरिएपनि शुक्लाफाँटा नगरपालिकाले निम्न कर्मचारीलाई तलब दिन आलटाल गरेको भन्दै बाल विकासका शिक्षक कर्मचारी आन्दोलित भएका छन । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले विद्यालय कर्मचारी र बालविकासका शिक्षिकाप्रति काँग्रेसको कुनै विवेद नभई कानुन अनुरुप तलब सुविधा पाउने बताए । फरक पार्टीबाट बजेट आएकाले काँग्रेस निकट पालिका नेतृत्वले निम्न कर्मचारीमाथि श्रम शोषण गरिरहेको भन्दै एमाले निकट जनप्रतिनिधीले निम्न कर्मचारीमाथि विभेद भएको बताएका छन ।

ताजा समाचार

This will close in 10 seconds