वडाध्यक्ष कुवरद्धारा १४२ जना बृद्धबृद्धाहरुलाई रकम बितरण

कञ्चनपुर : भीमदत्त नगरपालिका बडा नं. १ का अध्यक्ष आसेफ कुवर भुन्टुले बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दशै तिहारको पुर्व सन्ध्यामा रकम बितरण गरेका हुन । वडामा रहेका १४२ जना बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई ३ लाख ९२ हजार रकम बितरण गरेका छन । जनप्रतिनिधि भए पछि आफुले पाउदै आएको तलव भत्ता वाफतको रकम वडामा रहेका बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दिदै आएको वडाध्यक्ष कुवरले बताए ।

No description available.

दशैको बेला हामीहरुलाई वडाध्यक्षले आफनो सेवा सुविधाको रकम पाउदा हर्षित भएको बृद्धा उमाकला भण्डारीले बताउनु भयो । अन्य ठाउका जनप्रतिनिधिहरु भ्रष्ट्राचारमा लिप्त रहेका खबर सुनि रहदा हाम्रो वडामा मनकारी, समाजसेवी तथा बिकासप्रेमी वडाध्यक्ष पाएको स्थानिय बृद्धा पार्वती देवी पाण्डेयले बताउनु भयो । निर्वाचित भए देखी आफुले पाउदै आएको तलब भत्ता वाफतको रकम वडाध्यक्ष कुवरले बृद्धबृद्धाहरुलाइ बितरण गर्दै आएका छन ।

No description available.

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार