महाकाली झोलुङ्गे पुलमा आवागमन बन्द

दोधारा । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिएको छ । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । बिहान ६ बजे देखि ९ बजे सम्म र अपरान्ह १२ बजे देखि ३ बजे सम्म आज एक दिनको लागी महाकली झोलुङ्गे पुल बन्द गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिएका छन् । ‘महाकाली झोलुङ्गे पुल मर्मत गर्नु पर्ने भएको हुदा मिति २०७८/६/२५ (एक दिन) बिहान ६ बजे देखि ९ बजे सम्म र अपरान्ह १२ बजे देखि ३ बजे सम्म (दैनिक ६ घण्टा) पुलमा आवत जावत नगरी/नगराईदिन झोलुङ्गे पुल मर्मत कार्यमा आवश्यक सहयोग गरिदिन अनुरोध छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयको सुचनामा भनिएको छ् ।

 

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार