भीमदत्त नगरपालिका २ मा शुभकामना आदान प्रदान

वडाको दिगो विकासमा जोड

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडाले शुभकामना आदान प्रदान गरेको छ । आइतबार वडा कार्यालयले दशैँ, तिहार एव छठ पर्वको शुभकामना आदान प्रदान गरेको हो । भीमदत्त नगरपालिका २ का वडाध्यक्ष डम्बर कार्की(डिके)ले दशैँ तिहार एव छठौँको अवसर पारेर वडाका नागरिकको सुझाव संकलन एव विकासका लागि राय संकलन गरिएको बताए ।

वडाध्यक्ष कार्कीले दशैँ तिहारका बेला हुनसक्ने मदिराका कारण घटना एव रोकथाम समाजिक सुरक्षाका लागि कार्यक्रम गरिएको बताए । कार्यक्रममा वक्ताहरुले वडाको दिगो विकासमा जोडदिएका छन । दशैँ, तिहारका बेला हुनसक्ने सम्भावित घटना रोक्ने र दृर्घटनाबाट सचेतताका लागि कार्यक्रम संचालन गरिएको वडाध्यक्ष कार्कीले बताए । कार्यक्रममा लक्ष्मी माविका प्रअ प्रमानन्द नाथ, भीनपा ७का वडाध्यक्ष शकर कुँवर, पुर्व बिनी रामदत्त जोशी, भीमदत्त नगरका उपमेयर शुशिला चन्द लगायतका वक्ताहरुले वडाको दिगो विकास र सम्बृद्धिका साथै दशैँ तिहार भडकिलो भन्दा साधारण सुरक्षित बनाउन सुझाव दिएका छन ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार