‘बादीको जग्गा बादी परिवारले पाउनु पर्नेे’ दोधारा चाँदनी नगरपालिकाको निर्णय

पप्पु गुरुङ्ग, दोधारा । बादीको जग्गा बादीको घरपरिवारलाई दिने दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले निर्णय गरेको छ् । दोधारा चाँदनी नगरपालिका–३ मा बस्दै आएका बादी घरपरिवारहरुले बिगतका दिनहरुमा आफुहरुले भोग चलन गरेको जग्गा पाँउ भनि माँग राख्दै आएका थिए । तत्कालिन नेपाल सरकार सशस्त्र बिद्रोही माओबादी बिच द्धन्द्धको बेला बिस्तापित भएका ५ बादी घरपरिवारलाई उनिहरुले छाडेर गएको जग्गा दिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले बताएका छन् । तत्कालिन नेपाल सरकार र बिद्रोही माओबादी बिच भएको द्धन्द्धका कारण बिस्तापित भएका ५ बादी घरपरिवार केही महिना अघि मात्रै फर्केर आफ्नो जग्गा पाँउ भन्दै सरोकारवाला संगै अनुरोध गर्दै आएका हुन् । उनिहरुले राजनितिककर्मी, जनप्रतिनिधी, मानवअधिकारकर्मी, पत्रकारहरुलाई आफुहरुले द्धन्द्धकालमा छाडेको जग्गा दिलाई पाँउ भनि आग्रह गर्दै आएका थिए । दोधारा चाँदनी नगरपालिका कार्यालयले बादी घरपरिवारको जग्गाको बिषयमा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा बादी घरपरिवारको जग्गा छानबिन समिति गठन गरि छानबिन अघि बढाउन निर्देशन समेत दिएका हो ।

छानबिन समितिको दिएको प्रतिबेदनको आधारमा आज दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले बिगतका दिनहरुमा बादी घरपरिवारले द्धन्द्धको बेला छाडिगएको जग्गा बादी घरपरिवारहरुलाई फिर्ता गर्ने निर्णय गएिको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले बताएका छन् । ‘बिगतका दिनहरुमा बादी घरपरिवारले छाडिगएको जग्गा उनिहरुलाई फिर्ता गर्ने निर्णय भएको छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले भने । ५ बादी घरपरिवारले बिगतका दिनहरुमा छाडिगएको जग्गा अहिले आएर गणेश आधारभुत बिद्यालय र केही ब्यक्तीहरुले भोग चलन गर्दै आएको बताईएको छ् । बादी घरपरिवाहरुले बिगतका छाडेको जग्गा पाउने भएपछि उनिहरुमा खुशीको लहर छाएको छ् । बादी घरपरिवारले गरिब तथा बिपन्न परिवारलाई अधिकार दिलाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds