जनमोर्चा निकट अखिल छैठौँमा बिद्रोह महासचिव जोशीको अध्यक्षतामा अखिल छैठौँको नयाँ केन्द्रीय कमिटि घोषणा

कञ्चनपुर: राष्ट्रिय जनमोर्चा पार्टी सुुदूरपश्चिमको आन्तरिक विवाद पार्टीको भातृ संगठनमा समेत देखिएको छ । जनमोर्चा निकट अखिल छैठौँका पनि बिद्रोह भएको छ । अखिल छैठौँका तत्तकालिन महासचिव महेशराज जोशी नेतृत्व अर्थात अध्यक्षतामा अखिल छैठौँको नयाँ केन्द्रीय कमिटि घोषणा गरिएको छ । अखिल छैठौँको २२ देखि २४ सम्म ०७८ पाल्पामा राष्ट्रिय सम्मेलन गर्ने तयारी भएपनि अध्यक्षले बुटबलमा राखेर गुट विस्तार गर्ने खोजेको बिरुद्धमा महासचिव जोशी नेतृत्वमा नयाँ कार्य समिति घोषणा गरिएको छ ।

शनिबार र आइतबार अखिल छैठौँको धनगढीमा सम्पन्न भएको भेलाले तत्तकालिन महासचिव महेशराज जोशीको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कमिटि घोषणा गरिएको छ । उपाध्यक्ष मनिसा शर्मा, महासचिव उमेश कडेल, सचिव आशिस जवेगु, कोषाध्यक्ष प्रतिभा शर्मा, सचिवालय सदस्य महेश भट्ट, हेमविक्रम चन्द, केन्द्रीय सदस्य एकेन्द्र कडेल, सुमन भण्डारी, समर शाही, नरेश झुकाल, कपिल जोशी, संसार कार्की, प्रेम प्रशाद भुसाल, आरती न्यौपाने, रोशन चौधरी, मिलन लम्साल, पुष्कर भट्ट ,बिराट चन्द, जनक आचार्य, महेश विक, प्रकास जोशी, लोकराज अवस्थी, सन बहादुर राई, निरज थापा, सरिता सुवेदी, जीवी कुँवर रहेका छन ।

केन्द्रीय सल्लाहकारमा सागर कुँवर, दिवस पौडेल रहेका छन । अखिल छैठौँका केन्द्रीय अध्यक्ष महेशराज जोशीले अखिल छैठौँको आधिकारिक संगठन यही भएको बताउँदै उनले विद्यार्थीको हक हितका लागि राजनीतिक गतिबिधी संचालन गर्ने बताए । ‘पछिल्ला दिनमा विद्यार्थी आन्दोलन सम्झौतामा टुङगिने देखिए, ‘उनले भने, ‘अत्र अखिल छैठौँले विद्यार्थीको हक हितमा काम गछौँ ।’

ताजा समाचार

This will close in 10 seconds