बाल बिकास शिक्षक र बिद्यालय कर्मचारीको माँग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने

पप्पु गुरुङ्ग, दोधारा । बाल बिकास शिक्षक र बिद्यालय कर्मचारीको माँग सम्बोधन नगरे एकीकृत अखिल नेपाल शिक्षक संगठनले आन्दोलन गर्ने चेतावनी दिएको छ् । आज एकीकृत अखिल नेपाल शिक्षक संगठन दोधारा चाँदनी नगर अध्यक्ष लिलाराम गिरीद्धारा जारी बिज्ञप्तीमा दोधारा चाँदनीमा बाल बिकास शिक्षक र बिद्यालय कर्मचारीको माँग सम्बोधन नगरे एकीकृत अखिल नेपाल शिक्षक संगठनले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षिक) र कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन संघीय र स्थानीय सरकार बीच विवाद देखिएको छ् । दोधारा चाादनी नगरपालिका कार्यालयमा दोधारा चाँदनी नगर क्षेत्रका ४४ जना बालबिकास शिक्षिका तथा बिधालय कर्मचारीहरु कार्यरत छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संघीय सरकारले उनीहरुको पारिश्रमिक वृद्धि गरेर रु. १५ हजार पुर्‍याउने घोषणा गरेको थियो । तर संघीय सरकारले रु. ८ हजार उपलब्ध गराउने र बाँकी रु. ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख गरिए संगै बिगत केही महिना देखि दोधारा चाँदनी नगरपालिकाका विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीहरु आन्दोलित हुदै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले भने संघीय सरकारले तोके अनुसार ईसीडी शिक्षक र कर्मचारीलाई रु. ७ हजार थपेर उपलब्ध गराउन नसक्ने जनाएपछि ईसीडी शिक्षक र कर्मचारीले चरणबद्ध आन्दोलन गर्दै आएको बताईएको छ् ।

नगरपालिकाले केन्द्र सरकारले घोषणा गरेजसरी न्यूनतम ज्यालामा पठनपाठन गराईराखेका ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन नसक्ने संकेत आउदै गर्दा आन्दोलन गर्दै आएको बालशिक्षाका शिक्षिका तथा कर्मचारीहरुले आन्दोलित हुदै आएका छन् । सरकारले ईसीडी शिक्षिक तथा कर्मचाहरुलाई हालसम्म मासिक रु. ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउदै आएको छ् । बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरुले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो । प्रत्येक सामुदायिक विद्यालय र त्यसबाहेक कतिपय टोलमा समेत छुट्टै बालविकास केन्द्र सञ्चालित छन् । आफ्नो माँग पुरा नभए विद्यालयका प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीहरुले चरणबद्धरुपमा शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रो महान तथा गौरवशाली संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन विगत लामो समय देखि शिक्षक कर्मचारीहरुका पेशागत हकहितका लागि तथा शिक्षा क्षेत्रमा देखिएका विकृती, विसंगती विरुद्घ निरन्तर संघर्ष गर्दै आईरहेको व्यहोरा सर्वविदितै छ । आर्थिक वर्ष २०७८/०७९ को संघीय बजेट वक्तव्य अनुसार बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव भत्ता रु. १५ पन्ध्र हजार हुने घोषणा गरिएता पनि यस आर्थिक वर्षको पहिलो चौमासिकमा दोधारा–चाँदनी नगरपालिकाले साविककै दरमा तलव भत्ता निकासा गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । विगत लामो समय देखि सामुदायिक विद्यालयमा न्युन पारिश्रमिकमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलव भत्ता संघीय बजेट अनुसार व्यवस्था नगर्नुले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुमा निराशा ल्याएको छ् । तसर्थ बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको माँगलाई यथासिघ्र सम्बोधन गर्न हाम्रो संगठन जोरदार माँग गर्दछ । यदि हाम्रा जायज माँगहरु प्रति उदासिन भई उपेक्षा गर्ने प्रयास गरिएमा संघर्षका कार्यक्रमहरु घोषणा गरी आन्दोलनमा जान बाध्य हुनेछौँ’ एकीकृत अखिल नेपाल शिक्षक संगठन दोधारा चाँदनी नगर अध्यक्ष लिलाराम गिरीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ् ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार