लक्ष्मी माविमा शुभकामना आदानप्रदान शैक्षिक सुधारमा प्रअ नाथको प्रतिबद्धता

कञ्चनपुर: कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालयले दशौँ, तिहारको शुभकामना आदान प्रदान गरेको छ । शनिबार विद्यालयले अभिभावक सहित सरोकारवाला पक्षसग दशौँ, तिहारको शुभकामना आदान प्रदान गरेको हो । विद्यालयले दशैँ, तिहारको शुभकामना आदान प्रदान राखेर शैक्षिक सुधारको पक्षमा सरोकारवाला पक्षसंग छलफल गरेको प्रअ प्रमानन्द नाथले बताए । प्रअ नाथले विद्यार्थी अभिभावक शिक्षकको त्रिकोणात्म्क सम्बन्ध बलियो बनाएर जाने र सम्पुर्ण सरोकारवाला पक्षले सहयोग गरेमा आफू सामुदायिक विद्यालयकोको सुधारको लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्तममा विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवाला पक्षले जोडदिएका छन । प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य तथा पुर्वराज्यमन्त्री प्रकास रावलले विद्यालयको बृद्धि विकासमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । रावलले विधालयमा पहिलो पटक प्र अ ले निम्तो दिएर बोलाएकोमा खुशी ब्यक्त गरेका छन । भीमदत्त नगरपालिका आर्थिक विकास समितिका संयोजक डिके कार्कीले निःसुल्क खानेपानी उपल्बध गराउने र अन्य आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । विद्यालयका भुतपुर्ब विद्यार्थी तथा महाकाली तेस्रो चरणका नासु कृष्ण बहादुर विष्टले पुर्वी विद्यार्थीले समेत विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने बताए । ‘यस विद्यालयमा अन्ययन गरेर हामी निजामती सहित विभिन्न क्षेत्रमा रहेका कर्मचारीले विद्यालयको बृद्धि विकासमा काम गछौँ, ‘उनले भने, ‘आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गछौँ ।’ भीमदत्त नगरपालिका न्याय समिति सदस्य सन्तोसी ऐरले विद्यालयको बृद्धि विकासमा जोडदिए ।

विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष दशरत भण्डारीले विद्यालयको बृद्धि विकासमा भूमिका निर्वाह गर्ने बताए । काँग्रेस नेतृ एव स्थानीय समाजसेवि बसन्ती जोशी(बोहरा)ले विद्यालयको विकासमा जोडदिनुभयो । कार्यक्रमका सभापति समेत रहेका भीमदत्त नगरपालिका १९का वडाध्यक्ष एव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर महराले पनि विद्यालयको बृद्धिका विकासका लागि पहल गर्ने बताएका छन । कार्यक्रमा अभिभावक, शिक्षक, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदाधिकारी, भूतपूर्व विद्यार्थी, समाजसेविक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार