समाजवादीको बेलडाँडीमा भेला

बेलडाँडी : सगठन विस्तार गर्ने तयारी विकास सिह महता एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको बेलडाँडीमा भेला गरेको छ ।

शुक्रबार समाजवादीले बेलडाँडीमा नेता कार्यकर्ता भेला गरेको हो । भेलामा समाजवादीका नेता कार्यकर्ताहरुले समाजवाद र दिगो विकासका लागि बेलडाँडीमा समेत संगठन विस्तार गरेर अघि बढ्नेमा छलफल गरेका छन । ओली प्रकृतिको अन्त्य गर्दै कम्यूनिष्ट धार एकतामा जोडदिएका छन । समाजवादी बेलडाँडीका नेता कार्यकर्ताहरुले समाजवादीमा पुर्व एमालेका ५० प्रतिशत नेता कार्यकर्ता रहेको दावि गरेका छन ।

समाजवादीका नेता बिर बहादुर बडुवालले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष अमर खत्री ,प्रमुख अतिथि तारा लामा तामाङ , लाल बहादुर खडका ,कुलबिर चौधरी ,नबिन थापा लगायत स्थानीय नेताहरुको सहभागिता रहेको थियो।

ताजा समाचार

This will close in 10 seconds