मदिरा व्यवसायी संघद्धारा स्वर्गीय लम्सालको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

धनगढि : सुदुरपश्चिम मदिरा व्यवसायी संघ समितिले कोरोनाकालकाे समयमा मृत्यु भएका सुदुरपश्चिम मदिरा व्यवसायी संघका सचिव नारायण लम्सालको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संघद्धा आयोजित दशैको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । सुदुरपश्चिम मदिरा व्यवसायी संघका अध्यक्ष अशोक पाण्डेयले आफुले सचिवलाई चिनेकाे समय देखि नै लम्साल व्यवसायिक मात्र नभएर सामाजिक , धार्मिक , खेलकुद क्षेत्रमा समेत उल्लेख्यनिय योगदान पुर्यारयकाे बताए ।

मदिरा व्यवसायी संघलाई अघि बढाउन लम्सालको ठुलाे भुमिका रहेकाे अध्यक्ष पान्डेयले बताउनु भईकाे छ । सचिव लम्सालको सम्झनामा नै मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेकाे बताए । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले सामाजिक सहयोगी लम्साललाई कोरोना संक्रमण भएपछि उहाँलाई बचाउने जति प्रयास गर्दा पनि बचाउन नसकिएको बताए । लम्सालले कैलाली उद्योग वाणिज्य संघमा रहेर व्यवसायिक हकहितका पक्षमा लम्सालले काम गरेकाे अध्यक्ष कुवरले बताए । सुदुरपश्चिम मदिरा व्यवसायी संघले आज नै दशै, तिहार र छठको शुभकामना आदान प्रदान तथा खाद्यान्न सहयोग कार्यक्रमकाे आयोजना गरेको थियाे । सुदुरपश्चिम मदिरा व्यवसायी संघका प्रदेश अध्यक्ष अशोक पाण्डेय ज्युकाे अध्यक्षतामा भएको थियाे ।

ताजा समाचार

This will close in 10 seconds