भीमदत्त नगरमा मेट्रिक घर नम्बर प्रणाली शुरु

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । मेट्रिक विधीबाट घर लगायतका संरचनाको नम्बरिङ्ग शुरु गरेको हो । बिहीबार एक कार्यक्रमका विच भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले भीमदत्त नगरपालिका १ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गरेका छन । मेयर विष्टले मेट्रिक घर नम्बर राख्ने काम शुरु भएको बताए ।

No description available.

‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि सहयोग हुन्छ,, ‘मेयर विष्टले भने, ‘यो विधिबाट सबै वडाहरुमा सडक र घर नम्बरिङ्ग गछौँ ।’ नगरको एकिकृत दिगो विकास र सम्बृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउदै मेयर विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताए ।

No description available.

आईडिसीका लिम लिडर थम्बराज श्रेष्ठले घरेक घरको जानकारी नगरपालिकालाई हुने बताए । ‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाईदा हुन्छ, ‘उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ ।’ मुल सडकदेखि मिटरका हिसाबले घरमा नम्बीरङ्ग गरिने उनले बताए । सेवा सुविधा लगायत सुझाव संकलन एव अन्य विवित क्षेत्रका कामकाज सहजताका लागि सुविधा हुने उनले बताए ।

ताजा समाचार

This will close in 10 seconds