दोधारा । दोधारा चाँदनी नगरपालिकामा १ लाख २२ हजार नगद सहित १५ जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालयको टोलीले गएराति नगद सहित जुवाडेहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार झोलुङ्गे पुल नजिक एक घरमा जुवा खेलाईएको सूचनाको आधारमा छापा मारिएको थियो । राति १ बजे चाँदनीका एक घरमा रु. १ लाख २२ हजार २ सय १० रुपैया सहित १५ जुवाडेलाई पक्राउ गरिएको न्यौपानेले बताए । उनिहरुलाई मुलुकी अपराध संहिता ऐन अन्तरगत कार्वाही प्रकृया अघि बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशै र तिहारको अवसरमा प्रहरीले कडा सुरक्षा योजना अन्तरगत गाँउ गाँउ र टोल टोलमा प्रहरीलाई खटाएको छ् । दशै देखि तिहार सम्म गाँउ घरमा ठूला ठूला जुवातास हुने गर्छ ।