मन्दिरका घाटघण्टी बिक्रि प्रकरण छानबिनको माग राख्दै प्रशासनमा हस्ताक्षर बुझाईयो

कञ्चनपुर: कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास समितिले सेटिङ्ग गरेर गैर कानुनी रुपमा झक्तजनले मन्दिरमा चढाईएका घाटघण्टी विक्रि वितरण बिरुद्धमा हस्ताक्षर संकलन गरेर प्रशासनमा बुझाईएको छ । विश्व हिन्दु गौरक्षा अभियानले सोमबारदेखि महेन्द्रनगरमा घाटघण्टी विक्रि वितरण बिरुद्धमा हस्ताक्षर संकलन गरेको थियो । घाटघण्टी बिक्रि वितरण प्रकरण छानबिन गरि दोषि उपर कार्बाहीको माग राखेर विश्व हिन्दु गौरक्षा अभियानले बुधबार प्रशासनमा हस्ताक्षर बुझाएको छ ।

विश्व हिन्दु गौरक्षा अभियानका संयोजक चक्र्रदेव जोशी (सल्याल)ले भक्तजनदर्शनार्थीले आस्थाका लागि भगवानलाई चढाएका घाटघण्टी बिक्रि वितरण बिरुद्धमा नागरिकको हस्ताक्षर संकलन गरी कञ्चनपुर प्रशासनलाई बुझाएको बताए । उनका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रंशाद पाण्डेलाई कार्बाहीका लागि हस्ताक्षर संकलन गरि बुझाएको छ । हिन्दुधर्मका अगुवा कृष्णानन्द भट्टले गौरक्षाका नाममा भएको अनियमितता, सिद्धनाथ मन्दिरको घण्टी प्रंकरण र सरस्वती माताको ताम्राकार प्रकरण बिरुद्धमा हस्ताक्षर संकलन गरिएको बताए । विश्व हिन्दु गौरक्षा अभियानले धर्म र समाजसेवाका नाममा लुट मच्चाउनेमाथि छानबिन गरेर कार्बाही नगरि विश्व हिन्दु गौरक्षा अभियानले नै कार्बाही गर्ने चेतावनी दिए । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर विकास समितिले गैर कानुनी रुपमा धर्मालम्बीले मन्दिरमा चढाईएका घाटघण्टी एक भारतीय नागरिक मार्फत महेन्द्रनगरको न्यू ठकुराठी ब्रदर्श भाँडावर्तन पसलमा बिक्रि गरेका थिए ।

लाखौँ मुल्य पर्ने काँस, पित्तल, धातुले बनेका घाटघण्टी कौडीका भाउमा बिक्रि गरेपछि त्यसको चौतर्फि बिरोध भएको छ । धर्मका नाममा राजनीतिक र आर्थिक लाभमा लिप्त भएको स्थानीयको बुझाई छ । दर्शनार्थी, झक्तजनले आस्थामा रुपमा चढाईएका घाट,घण्टी त्रिशुली कौडीको भाउमा बेच्ने धर्म र आस्थामाथि प्रहार गर्ने काम भएको भन्दै दर्शनार्थीहरुले चर्को बिरोध गरेका छन । मानिसको आस्थाका आधारमा भाकल गरेर राखेका घाटघण्टी बेच्ने खरिद गर्न नपाईने भएकाले सो प्रकरणमा प्रंहरीले निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही गर्र्नुपर्ने धार्मिक आस्थावान पक्षको माग छ । धार्मिक क्षेत्रमा रहेका बस्तु एव चढाईएका समाग्री कौडीको भाउमा बेच्ने खरिद गर्ने कार्य धर्ममाथि प्रहार आर्थिक रुपमा अनियमितता भएको भन्दै स्थानीयको कार्बाहीको माग अघि सारेका छन ।

ताजा समाचार

This will close in 10 seconds