चाँदनीको बयलबन्दबाट अजिंगरको सकुशल उद्धार

दोधारा । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बयलबन्दबाट खटिएको एक गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. १ भुमिराज टोलबाट अन्ताजी ८ फिट लामो अजिंगर जिवितै उद्धार गरेको छ् । स्थाीनयहरुले खबर गरेपछि सशस्त्र प्रहरीको टोलीले जिवितै उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ् । उक्त अजिंगर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पोष्ट दोधाराबाट खटिआएको रेञ्जर कबिराज बोहराको टोलीलाई जिम्मा लगाईएको बताईएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds