विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा जोशी

कञ्चनपुर : नेकपा विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा बिरेन्द्रराज जोशी चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको युवा संगठन नेपाल कञ्चनपुरको जिल्ला भेलाले अध्यक्षमा जोशीलाई चयन गरेको हो ।

उपाध्यक्ष दिपेन्द्र सिह ऐरी, सचिव नरेश विष्ट, कोषाध्यक्ष हिम्मत चौधरी सह सचिव कल्पना जोशी रहेका छन । नेकपा विप्लवका केन्द्रीय सदस्य ओम पुनले संगठनको भेला उद्घाटन गर्दै युवाको काँधमा मुलुकको जिम्मेबारी आएको बताए । कार्यक्रममा नेकपा विप्लवका अर्का केन्द्रीय सदस्य अग्नी धामी, जिल्ला इन्चार्ज महान चौधरी, सचिव जिवन परियार, युवा संगठनका केन्द््रीय सदस्य भुवन कुँवर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

युवा संगठन नेपाल कञ्चनपुरको उपाध्यक्षमा चयन भएका युवा नेता दिपेन्द्र सिह ऐरीलाई संगठनलाई जनमुखी काममा लगाउने बताए ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार