निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका मा रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भुमी ब्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले सहकारीको बिकास र समन्वय मार्फत कृषिमा क्रान्ती ल्याउन सकिने बताए । कृषकका समस्या समाधानका लागी सहकारी मार्फत मलखाद बिउ बिजन बितरण गर्न प्रदेश सरकारले पहल गर्ने र किसानलाई मल अभाव हुन नदिन संघ सरकार संग सहकार्य गरिने बताए । मन्त्रालले बिउ श्रोत केन्द्रका् लागी सहारी संस्थालाई १५ लाख उपलब्ध गराएको र थप आबश्यक सहयोग दिन तयार रहेको बताए ।

No description available.

शनिबार संस्थाका अध्यक्ष दिपक प्रसाद जोशीले कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाको शेयर पूँजि २०७७ अषाढ मसान्त सम्म रु. २ करोड ८ लाख १० हजार ९ सय रहेको मा २०७८ अषाढ मसान्त सम्म रु. २ करोड ३९ लाख ७९ हजार १ सय पु¥याएको छ । बचत तथा निपेक्षमा आ.व. २०७६/०७७ मा रु. ४० करोड ९८ लाख ९९ हजार ७ सय ४० रहेकोमा २०७७/०७८ मा रु.५९ करोड ५६ लाख ९५ हजार १ सय २५ पु¥याएको छ जुन अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ । आव ०७६/०७७ मा रु.२ करोड २१ लाख ३२ हजार २ सय ४६ आम्दानी गरेको थियो भने आव. ०७७/०७८मा रु.२ करोड ४४ लाख ८० हजार ५३ गरेको छ । त्यसैगरी मुनाफा आ.व. ०७६/०७७ मा रु.६ लाख ७१ हजार ७ सय ७५ गरेको थियो । ०७७/०७८ मा रु.२४ लाख ४८ हजार ५३ गरेको छ ।

No description available.

२०६६ सालमा सञ्चालन आएको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले ४५ जना शेयर सदस्यबाट शुरु गरेर अहिले १० हजार भन्दा बढी शेयर सदस्य रहेको बताएको छ । स्थापना कालदेखि उक्त सहकारी संस्थाले भीमदत्त नगरपालिकामा कार्यक्षेत्र बनाएर सेवा दिदै आईरहेको संस्थाले भाँसी, खैरनी, सुकासाल र साझा सेवा केन्द्र बनाएर सेवा दिदैं आइरहेको छ । २०७८ बैशाख १२ गते भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रजिष्ट्रार कार्यालयबाट बेतकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिका कार्यक्षेत्र ईकाइ मार्फत सेवा बिस्तारका लागी अनुमती लिएको छ । संस्थाले उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता, कर्मचारी, श्रृणी,लगायतलाई सम्मान तथा नगद सहीत सम्मान गरेको थियो ।

No description available.

शनिबार भएको १२ औं बार्षिक साधारण सभाको पहिलो सत्रको सभापतित्व सहकारीका अध्यक्ष दिपक प्रसाद जोशी रहेका थिए, प्रमुख अतिथिमा भुमी सुधार व्यवस्थापन कृर्षि मन्त्री मानवहादुर सुनार रहेका थिए स्वागत मन्तव्य कार्यकारी प्रमुख प्रेम सिह भाटले गरेका थिए भने कार्यक्रम सञ्चालन विष्णु नाथले गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds