अस्पताल व्यवस्थापन र यसका विविध आयामहरु

अमित प्रसाद भट्ट
पुख्र्यौली : दोगडा केदार गा.पा.४ पिपलकोट,बैतडी
बसाइः भीमदत्त न.पा. ७ हल्दुखाल,राम मन्दिर टोल,कञ्चनपुर ।

सामान्य अर्थमा अस्पताल भन्नाले बिमारीको उपचार गर्ने संस्था हो । कुनै पनि व्यक्ति बिरामी भएपछि उपचारका लागि लगिने पहिले थलो अस्पताल नै हो । गाडी बिग्रेपछि बनाउने ग्यारेज(रिपेयरिङ सेन्टर) भए जस्तै मानिस बिरामी भएपछि उसको सकुशल स्वास्थ अवस्थाका लागि पुर्याउने थलो अस्पताल नै हो ।

अंग्रेजीमा अस्पतालको परिभाषा  यस प्रकार रहेको छ ”A hospital is a health care providing patient treatmemt with specialized medical and nursing staff and medical equipment”. विश्व जगतको कुरा गर्दा अस्पतालको सुुरुवाती ग्रीसबाट भएको पाइन्छ ।

नेपालको हकमा कुरा गर्ने हो भने प्राचिन समयमा नेपालमा स्वास्थ उपचारका लागि बैद्य परम्परा रहेको थियो । तत् समयमा वर्तमान समयको जस्तो आधुनीक समयको जस्तो चिकित्सा प्रणाली विकास भएको थिएन । अस्पताल स्थापना को सन्दर्भ कोट्याउदा वि.सं.१९४७ मा वीर अस्पताल खुलेको पाइन्छ । पाटन अस्पताल १९८२,भक्तपुर क्यान्सर अस्पताल १९९२,धुलीखेल अस्पताल १९९६ मा खुलेको पाइन्छ । तत्पश्चात क्रमिक रुपमा अस्पतालहरु खुल्दै गए । नेपालमा संघीय शासन व्यवस्था आउनु पुर्व अस्पतालहरुको संरचना देहाय प्रकृतिको थियो । १) जिल्ला अस्पताल २) अञ्चन अस्पताल ३) क्षेत्रीय अस्पताल । केन्द्रीय अस्पतालको रुपमा वीर अस्पताल,शहीद गंगालाल राष्टिय हृदय रोग केन्द्र,शुक्रराज टर्पिकल अस्पताल आदि रहेका छन । संगठीत संस्था तथा निजामतीको लागि  निजामती अस्पताल मिनभवन काठ्माण्डौँ,नेपाली सेनाको सैनिक अस्पताल छाउनी काठमाण्डौँ,प्रहरी अस्पताल महाराजगञ्ज काठ्माण्डौँ,सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अस्पताल बलम्बु काठमाण्डौँ रहेका छन । आफ्नो विभाग अन्तर्गतका कर्मचारी(वहाल तथा अवकाश प्राप्त एवं निजका एकाघरका परिवार)का लागि यि अस्पतालहरुले सेवा प्रदान गर्दै आइरहेका छन । अन्य आम सर्वसाधारण मानिसहरु समेत लाभान्वित भइ रहेको अवस्था छ । आयुर्वेदिक तर्फ नरदेवी अस्पताल ,सिंहदरबार बैद्यखाना रहेका छन । बालबालिकाहरुलाई लक्षित गरी कान्ति बाल अस्पताल,त्यसै गरीकन त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संंस्थान अन्तर्गत त्रि.वि.शिक्षण अस्पताल रहेका छन । विभिन्न जिल्लामा पनि ठुला प्रकृतीका अस्पताल एवं अध्ययन प्रतिष्ठानहरु रहेका छन । चितवनको भरतपुरमा क्यान्सार हस्पताल रहेको छ,नेपाल नेत्र ज्योती संघ अन्तगर््त गेटा आँखा अस्पताल आदि रहेका छन । डा. सन्दुक रुइतको नेतृत्वका तिलगंगा आँखा अस्पताल थुप्रै रहेका छन । संघात्मक व्यवस्थाको कार्यान्वयन पश्चात अञ्चल ÷क्षेत्रीय अस्पतालहरुको नाम परिवर्तन भएको छ । जस्तो  साविकको महाकाली अञ्चल अस्पताल सुरुमा महाकाली अस्पताल हुदै अहिले महाकाली प्रादेशीक अस्पताल भएको छ । साविकका क्षेत्रीय अस्पताल अहिले प्रदेशका प्रमुख अस्पताल भएका छन । स्वास्थ क्षेत्रका लागि संघमा स्वास्थ तथा जनसंख्या मन्त्रालय,प्रदेशमा सामाजिक विकास मन्त्रालय(कतै स्वास्थ तथा शिक्षा मन्त्रालय) तथा स्थानीय तहमा स्वास्थ शाखा÷महाशाखाको व्यवस्था गरीएको छ । प्रायः जिल्ला अस्पतालहरु प्रदेश मन्त्रालय रहेका छन भने केही अस्पतालहरु संघ सरकार मार्फत पनि सञ्चालित छन ।सुदुरपश्चिमको प्रदेशको कैलाली जिल्लाको गेटामा शिक्षण अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागु भए पश्चात आधारभूत स्वास्थ्य सेवा पालिकाको अधिकार अन्तर्गत समेटिएको छ । शहरी स्वास्थ्य केन्द्र देखी  प्राथमिक स्वास्थ चौकी,स्वास्थ केन्द्र अन्तर्गतको व्यवस्थापकीय जिम्मेवारी पालिकाको अधिकार अन्तर्गत समेटिएको छ । तत् स्वास्थ्य संस्थाहरुमा जनशक्ति व्यवस्थापन साविक संघीय स्वास्थ्य सेवाका कर्मचारीबाट गरीएको छ भने प्रदेश लोकसेवा आयोगबाट समेत पदपुर्तीको प्रक्रिया प्रारम्भ भएको छ ।

नेपालको संविधान २०७२ ले समेत स्वास्थ्यलाई महत्वपुर्ण स्थान प्रदान गरेको छ । संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यपस्था गरिएको छ, जस अन्तर्गत :

१) प्रत्येक नागरीकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मीक स्वास्थ्य सेवाबाट वञ्चीत गरीने छैन । २) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । ३) प्रत्येक नागरीकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । ४) प्रत्येक नागरीकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।

संविधानबाटै नागरीकलाई स्वास्थ्य सम्बन्धी यस प्रकारका हक अधिकारहरु प्रदान गरिदै आएपनि स्वास्थ्य उपचार प्रदान गर्ने निकायको अवस्था भने उल्लेख्य सन्तोषजनक छैन । प्रत्येक स्वास्थ्य संस्थाहरुलाई आधुनीक तवरले व्यवस्थीत गर्नु पर्दछ ।

अस्पतालहरुमा सरसफाइदेखी लिएर सम्पुर्ण व्यवस्थापनहरु चुस्त र दुरस्त हुनु पर्दछ  । व्यवस्थापकीय पाटो अन्तर्गत निम्न कुरामा ध्यान दिए  अझै प्रभावकारी हुने देखिन्छ : क) अस्पतालमा सर्वप्रथम सरसफाइको पुर्ण तथा दुरस्त व्यवस्था हुनु पर्छ ।मान्छे बिरामी भए पछि विश्वास गरेर जाने थलो अस्पताल हो ,त्यस थलोमा गएका व्यक्तिहरुलाई अस्पतालको सम्पुर्ण परिसर पुर्ण स्वस्थ छ भन्ने भान हुनु पर्छ । सरसफाई निरन्तर रुपमा भइ रहनु पर्छ । यसका निम्ति जनशक्तिको व्यवस्थापन गरीनु पर्छ । अस्पतालहरुको विकासका लागि भनेर अस्पताल विकास समिति बनेका छन । ति समितिहरुको यस विषयका पुर्ण ध्यान जानु पर्छ ।अस्पतालहरुमा मच्छर,झिँगा,उडुस,कमिला लगायतको प्रवेश नहुनदिनका लागि किटनाशक औषधीको प्रयोग अस्पताल परिसरमा निरन्तर गर्नु पर्छ ।  ख) सरसफाई अन्तर्गत नै आउने महत्वपुर्ण विषय हो, शौचालयको सरसफाइ । प्रायः शौचालयमा उचित सरसफाइको प्रबन्ध रहेको पाइदैन । प्रायः दिनमा एक पटक मात्र सरसफाइ गर्ने प्रणालीलाई परिवर्तन गरी फोहोर हुने बित्तीकै सरसफाइ गर्नु पर्दछ । सरसफाइ  अस्पतालका सरसफाइकर्मीहरुले मात्र गरेर हुने विषय मात्र होइन यसमा नागरीक सचेतना समेत अपरीहार्य हुन्छ । ग) अस्पतालमा मान्छे बिमारी भएर भर्ना भइ सके पछि निजको अवस्थामा सुधार नआउन्जेल उस्लाई छुट्टै प्रकारको खानाको आवश्यकता पर्छ ।तर हाम्रो परिवेशमा प्रायःएउटा अस्पताल एक मात्रै क्यान्टिन हुने र प्रायः मान्छेले घरबाट  लिएर खाना खुवाउने व्यवस्था छ । यस विषयमा पनि अस्पताल प्रशासनले छुट्टै व्यवस्था गर्नु पर्छ कि अस्पतालमा बिरामीलाई भर्ती भएकै बेडमा अनुकुल खाना पुग्ने व्यवस्था हुनुपर्छ,निजको बिरामीको प्रकृति अनुसार । घ)अस्पतालमा बिरामीको उपचारको शिलसिलामा परिवारका अन्य सदस्यहरुले कुरुवाका रुपमा जानुपर्छ ।अथवा अस्पतालमा. सेवा लिन गएका व्यक्तिहरुले एकै दिनमा सम्पुर्ण सेवा पाउछन भन्ने हुदैन। उनीहरुको विश्रामको लागि प्रतिक्षालय अथवा विश्राम गृहको भरपुर व्यवस्था गरीनु पर्छ । आर्थिक अवस्था एकदमै न्युन भएकाहरुलाई निःशुल्क,मध्यम भएकालाई सहुलीयत दरमा बस्ने व्यवस्था अस्पतालमा हुनु पर्छ । बिरामीको विषय  औषतमा एकैदिनमा अथवा एकै घण्टामा निको हुने विषय होइन यसका लागि लामो समय समेत लाग्न सक्छ । अस्पतालमा यस प्रकारको सहुलीयत दरमा बस्ने व्यवस्था नहुने हो भने उपचारका लागि ल्याएको पैशा बस्न ,खानमै ठिक्क हुन सक्छ । ङ) अस्पतालमा मानिसहरुलाई अस्पतालबाट प्रदान हुने विभिन्न सेवाका बारेमा सहज ढंगले जानकारी गराउने रिसेप्सेनिष्टको दुरस्त व्यवस्था हुनु पर्छ । रिसेप्सनको सेवालाई आधुनीक र वैज्ञानिक बनाइनु पर्छ । पर्चा सिस्टम अन्तर्गत टोकन प्रणालीको विकास गरिनु पर्छ जसबाट First Come,First Serviceको मान्यता विकास हुन सकोस । च) अस्पतालबाट प्रदान हुने विभिन्न उपचार तथा परामर्शका सेवाहरुको छिटो उपलब्धताका लागि आधुनिक खालका उपकरणहरुको प्रयोग गरिनुपर्छ । छ) सम्भव भए सम्म घुम्ती अस्पतालको प्रणालीलाई पनि वृहत बनाइनु पर्छ । ज) चिकित्सा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि थुप्रै प्रयास भएका छन,वैज्ञानिक तवरका अन्य क्षमता विकासका कार्यक्रम समेत ल्याइनु पर्छ । झ) विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका व्यक्तिहरुले नेपालमै इन्टर्न गर्न पाउने व्यवस्था पनि सुरुवातीको चरणमा छ । यसै प्रकार आधुनीक अभ्यासहरुको विकास हुनु पर्छ,जसबाट अस्पताल क्षेत्रको विकासमा टेवा पुगोस ।

  समग्रमा भन्दा प्राचिन समय देखी हाल सम्म स्वास्थ्य उपचार पद्यतीमा थुप्रै सकारात्मक परिवर्तन भएका छन । झारफुक एवं वैद्य परम्पराको चिकित्सा प्रणाली हाल दक्ष चिकित्सक एवं आधुनीक अस्पताल पद्यतीको रुपमा विकास भएको  छ ,जुन एकदमै सराहनीय छ  र यस्को निरन्तरता समेत अपरिहार्य छ ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार