सामुदायिक वनमा चितुवा

कञ्चनपुर: कञ्चनपुरको श्रीराम सामुदायिक वनमा चितुवा फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंगै जोडिएको भीमदत्त नगरपालिका १६ मझगाँउको श्रीराम मध्यवर्ती सामुदायिक वनमा चितुवा फेला परेको हो ।
निकुञ्ज भएरै मध्यवर्ती सामुदायिक वनमा आइतबार आएको स्थानीयले देखेका छन ।

महिला नेतृत्व पदाधिकारी सहित रहेको सामुदायिक वन संरक्षित हुँदै गएपछि बन्यजन्तुको आवागमन बढेको संरक्षकर्मीको भनाई छ । श्रीराम मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पार्वती अवस्थीले सामुदायिक वनमा चितुवाको गतिबिधी बढेको बताईन । सामुदायिक वनमा आएको चितुवा उद्दारका लागि निकुञ्जको टोली आएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले श्रीराम सामुदायिक वनमा भेटिएको चितुवा हात्ति मार्फत निकुञ्जतर्फ ने धपाएको बताए ।

ताजा समाचार

This will close in 10 seconds