महेन्द्रनगरमा सौन्दर्य प्रतियोगिता ‘किडस् एण्ड टीन वर्डवाईड नेपाल’ आयोजना हुदैँ

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा सौन्दर्य प्रतियोगिता ‘किडस् एण्ड टीन वर्डवाईड नेपाल’ सुरु भएको छ । जुनियर र जुनियर टीन दुई विधामा भईरहेको रहेको सौन्दर्य प्रतियोगिता शनिबारबाट महेन्द्रनगरमा सुरु भएको हो । प्रतियोगिता मन्जीष्टिक ग्रुपले आयोजना गरिहेको प्रतियोगिताको शनिबारबाट अडिसन सुरु भएको निर्णायक९जज्० एवंम् मोडेल काजल थापाले बताईन् । उनका अनुसार शनिबारबाट प्रतियोगिताको अडिसन सुरु भएको छ । किडस् एण्ड टीन वर्डवाईडमा सहभागीेलाई अडिसनमार्फत छनौट गरिने उनले बताईन् ।

‘अहिले अडिसन सुरु भईसकेको छ, प्रतियोगितामा भाग लिन चाहाने ६ देखि १२ वर्ष र १३ देखि ३१ वर्ष उमेर समुहका युवाहरुले भाग लिन पाउँछन् ।’ उनले भनीन् ‘पहिलो चरणमा १० जनालाई छनौट गरिएको छ, नाम दर्तासँगै अडिसन निरन्तर जारी रहन्छ ।’ प्रतियोगितामा अनिल सिंह धामी, काजल थापा र सिद्धान्त खरेल निर्णायकको भुमिकामा रहेका छन् । भने अञ्जली कोली र करुणा अवस्थीले प्रतियोगितामा सहजिकरण गरिरहेका छन् । तीनै जना यस अघि मन्जीष्टिक ग्रुपले आयोजना गरेका विभिन्न प्र्रतियोगिताका विजेता तथा टाईटल होल्डर हुन् ।

प्रतियोगिताको बिजेताले ताजसँगै अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने निर्णाय कथा मोडेल थापाले बताईन् । मोडलिङतिर रुचि भएका युवाको अन्र्तरनिहित क्षमताको विकास गरि अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गराउने प्रतियोगिताको उद्देश्य रहेको ग्रुपका फाउन्डर तथा कोरियोग्राफर मन्जेस गिरीले बताए । । प्रतियोगितामा सहभागी हुन चाहानेले ९८०९४२७२७९ र ९८२४४५९२६१ मा सम्पर्क गर्नुपर्ने छ । प्रतियोगिता दशै अघि समापन हुनेछ ।

ताजा समाचार