चर्चित उद्योगी व्यवसायी खगेश्वर बोहरा काँग्रेस महाधिवेशनको दौडमा

कञ्चनपुर: यतीबेला देशभरी सत्ताधारी नेपाली काँग्र्रेस १४ औँ महाधिवेशनको संघारमा जुटेको छ । अधिकाँस जिल्लाहरुमा वडा अधिवेशन सकेर, पालिका अधिवेशनको तयारीमा काँग्रेस नेता कार्यकर्ता जुटेको छन । नेपालकै चर्चित उद्योगी व्यवसायी समेत काँग्रेस महाधिवेशनमा जुटेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय समेत रहेका सफल उद्योगीका रुपमा परिचित खगेश्वर बोहरा पनि काँग्रेस महाधिवेशनको दौडमा जुटेका हुन । झण्डै चार दशक बढि समयदेखि बोहरा काँग्रेसमा जोडिएका हुन । उनले राजनीति र व्यवसायी संगसंगै शुरु गरेका थिए । पुर्खोली घर डडेल्धुराबाट तराई(कञ्चनपुर महेन्द्रनगर) झरेसंगै उनले ०३५सालदेखि नेपाली काँग्रेसको राजनीतिमा होमिएका थिए । पारिवारिक पृष्टभूमि काँग्रेस भएकै कारण उनीपनि काँग्रेसतिर लागे ।
०३५सालमा काँग्रेसमा होमिएसंगै त्यसको ठिक एक बर्षपछि ०३१ सालदेखि व्यवसायीतिर समेत जुटेका थिए । ३१ असोज ०३६ सालमा उनले भारतको टनकपुरबाट ३६ हजार भारुमा बस किनेर १९ हजार भन्सार शुल्क तिरेर नेपाल(महेन्द्रनगर) बस भित्र्राएका थिए । महेन्द्रनगरबाट विभिन्न स्थानका लागि सेवा दिएका बोहरा यातायात क्षेत्रमा समेत उल्लेख्य योगदान रहेको छ । ‘पञ्चायतकालमा निजी क्षेत्रबाट यातायात सेवाको तिव्रत्तर विकास भएको थिएन, ‘उनले भने, ‘यतिबैले मैले जनतालाई यातायात सुविधासंग जोडेको थिए ।’ ०३६सालमा सम्पन्न भएको जनमत संग्रहमा समेत होमिएका बोहरा पञ्चायतकालमा भएको स्थानीय चुनावमा समेत उम्मेदवार भएका थिए । ०४३ सालमा जिल्ला पञ्चायल सदस्यमा बोहरा निर्वाचित भएका थिए । तत्तकालिन राजावादीकै दबदमा रहेका बेलामा समेत उनले (महेन्द्रनगर, सुुडा) पञ्चायतबाट राम्रो जनमत पाएका थिए । ०५४ सालमा सम्पन्न भएको जिल्ला विकास समिति कञ्चनपुरको सभापतिमा कम्यूनिष्ट पार्टीका उम्मेदवार ऋर्षि लुम्सालीसंग ५४मतले जिल्ला सभापतिमा पराजित भएका बोहराले त्यसयता गणतन्त्रमा कुनै लाभको पद लिएनन् । बरु व्यवसाय क्षेत्रमा लगानी बढाए, पार्टीमा निरन्तरता दिए । ०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा होमिएका उनी काँग्रेसको ११औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधी भए । १२ र १३औँ महाधिवेशनबाट महासमिति सदस्य भएका बोहराले १४औँ पनि महासमिति सदस्य हुँदै केन्द्रीय सदस्यको लक्ष्य लिएका छन ।
भीमदत्त नगरपालिका ४ बाट क्षेत्रीय प्रतिनिधीमा निर्वाचित बोहराले अहिले महाधिवेशन प्रतिनिधी सदस्यको यात्रा तय गरेका छन । उनले महाधिवेशन प्रतिनिधी भएर यसै क्षेत्रका नेता एव पार्टी सभापति तथा प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवालाई पुन पार्टी सभापतिमै निर्वाचित गराउने चाहना राखेका छन । ‘मेरो चाहना अझैपनि काँग्रेस पार्टी सभापतिमा शेर बहादुर देउवा जीलाई नै जिताउने हो, ‘उनले भने, ‘म देशभरीका महाधिवेशन प्रतिनिधीसंग डिल गर्छु ।’ ०५१ सालतिर यातायात व्यवसायी महासंघको राष्ट्रिय अधिवेशन कञ्चनपुरके महेन्द्रनगरमा गर्दा तत्तकालिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई जहाज नै चार्टर गरेर ल्याएका थिए । ‘उतिबेला यस क्षेत्रमा प्रधानमन्त्री बस्ने होटल नै थिएन, ‘बोहराले भने, ‘त्यहाँदेखि मेरो मनमा एक ठुलो होटल महेन्द्रनगरमा चाहिन्छ, भनेर ०६४ सालमा ओपेरा होटल संचालनमा ल्याएको हुँ ।’ बोहराको होटल, जलविद्युत, ढुवानी, यातायात लगायतका क्षेत्रमा लगानी छ । बोहरा नेपाल पेट्रोलियकम ढुवानी व्यवसायी महासंघका संस्थापक महासचिव तथा अध्यक्ष, नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष, होटल ओपेराका संचालक लगायत थुप्रै व्यवसायिक क्षेत्रमा संचालक रहेका छन । उनले आफु काँग्रेसको कार्यकारी पदमा गएसंगै सबै नेता कार्यकर्ताहरुलाई उत्पादनको काममा जुटाउने बताए । प्रविरणता प्रमाणत्र तहको औपचारिक शिक्षा लिएका बोहराले सुदूरपश्चिको विकास मात्रै नभई नेपालकै अर्थतन्त्रको विकासमा उच्च भूमिका निर्वाह गर्दै आएका छन । ‘अब हामीले नेता कार्यकर्तालाई मागिखाने बनाउने होईन, ‘नेता कार्यकर्ता स्वयम उत्पादनका काममा लगाउनुपर्छ, ‘देशको अर्थतन्त्र अघि बढाउनुपर्छ ।’ व्यवसायिक जिम्मेबारीबाट पन्छिदै उनले राजनीतिक तथा समाजिक सेवातिर लाग्ने चाहना राखेका छन । सबै नेता कार्यकर्ताहरुको सहयोगमा पार्टीलाई गुटरहित ढङगबाट अघि बढाउने उनको प्रण छ
Write to Bist MB

ताजा समाचार

This will close in 10 seconds