भीमदत्त नगरपालिका ५मा समाजवादीको संगठन विस्तार

कञ्चनपुर: नेकपा एकिकृत समाजवादीले कञ्चनपुरको भीमदत्त नगरपालिका ५नम्बर वडामा संगठन विस्तार गरेको छ । मंगलबार समाजवादीले भीमदत्त नगरपालिका ५मा संगठन विस्तार गरेको हो । समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजवादीले भीमदत्त नगरमा तिव्र रुपमा पार्टी, जनबर्गिय संघ संगठन विस्तार गरिहेको बताए ।

उनका अनुसार भीमदत्त नगरपालिका ५मा एमाले नेपाल पक्षकै पार्टी, विभिन्न संगठन स्वत समाजवादीमा परिणत गरिएका छन । समाजवादी पार्टी भीमदत्त नगरका संयोजक प्रताप तिरुवाको प्रमुख आथित्यमा भएको कार्यक्रममा समाजवादीका युवा नेता राजेन्द्र पाण्डेय सहितका समाजवादीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार