प्रहरी भन्दा तस्कर बलियो !

दोधारा : शसस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) का सशस्त्र प्रहरी जवान सुदिप सुनार दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर नजिक नेपाल–भारत सिमा बस्तीमा ड्युटीमा रहेका थिए । गएराती अन्ताजी ८ बजेको सुन्दरनगर सिमा पारीबाट अन्ध्यारोलाई चिर्दै एक भारतिय नम्वर प्लेटको मोटरसाईकल नेपाल भित्रिदै थियो । सुनसार रातमा सुदिप सुनार एक्लै ड्युटीमा परिचालित थिए । उनि संग हतियारको नाउमा लठ्ठी मात्रै थियो । उनले आउदै गरेको माटरसाईकललाई रोकेर चेक जाँच गर्दा एक बोरा चिनी र अन्य अबैध समान फेला परे । जवान सुदिपले बरामद समानलाई नियन्त्रणमा लिने प्रयास गरे । सशस्त्र प्रहरी जवान सुदिपलाई एक्लोपनको फाईदालाई लिएर केही समय सम्म उनलाई अल्मल्याउने काम भयो ।

पछि फोनबाट भारतिय तस्करले उनका भारतिय साथीहरुलाई बोलाई ड्युटीमा रहेको सशस्त्र प्रहरी जवानलाई लठ्ठी, हात। लात्तीले कुट्न थाले । सुदिपलाई आधा घण्टा सम्म भारतिय तस्करहरुले कुट्दै गरेको सशस्त्र प्रहरीका जवान सुदिप सुनारले उपचार गर्न प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा आएको बेला बताएका छन् । उनको हात, खुट्टा, शरिर तथा टाउकोमा लठ्ठी र हातले कुटेको निल डाम छ् । आँखामा समेत चोट आएको कारण हेर्न समस्या आएको उनले गएरातीनै बताएका छन् । गएराती सुदिप र उनका अरु २ जना सशस्त्रका जवान संगै ड्युटीमा रहेका थिए । सिमावर्ती भारतिय बजारबाट समान आउन लागेको संकेत पाएपछि सुदिप संग रहेका सशस्त्र प्रहरीको २ जवान सुन्दरनगरको दक्षिण÷पश्चिम दिशा तर्फ लागेका थिए । सशस्त्र जवान सुदिप एक्लै भएको अवस्था पारेर कुटपिट गरेको स्थानियहरुले बताएका छन् । सामाचार श्रोत अनुसार भारतको उत्तराखण्ड मेलाघाट निवासी अर्जुन कुमार, सुरज, पवन, चन्द्रपाल र कलुवा नाउ गरेको भारतिय तस्करहरुले सशस्त्र जवानलाई नेपाल–भारतको सिमा क्षेत्रको झण्डै २ सय मिटर नेपाली भुमीमा कुटपिट गरेका हुन् ।

श्रोत अनुसार भारतको उत्तराखण्ड निवासी खटिमा बजारका राजेश कुमार नाउ गरेका ब्यापारीको मातहतमा उत्तराखण्ड मेलाघाट निवासी अर्जुन कुमार, सुरज, पवन, चन्द्रपाल र कलुवा नाउ गरेको भारतियहरु काम गर्ने गरेका छन् । राजेश कुमारले भारतको खटिमा बजारबाट समान पठाउने र अर्जुन, सुरज, पवन, चन्द्रपाल र कलुवा गरेका भारतिय नागरिकले समान सिमा पार गरि सुन्दरनगर तथा आसपासका क्षेत्रबाट दोधारा चाँदनी भित्र्याउने गर्दै आएका छन् । उनिहरुले बिगत लामो समय देखि सिमावर्ती भारतिय बजारबाट समान ओसार पसार गर्दै आएको सामाचार श्रोतको दाबी छ् । सशस्त्र प्रहरी जावन सुदिपलाई कुटपिट घट्ना पछि त्यहाका स्थानिय आएपछि भारतिय तस्करहरु मोटर साईकल सहित समान लिएर भारत फर्केका थिए । भारतिय सिमा सुरक्षा बल एसएसबीको सामुमै भारतिय तस्करहरुले सशस्त्रको जवान सुनारलाई कुटपिट गरेको बताईएको छ् । भारतिय सिमा सुरक्षा बल एसएसबीको सामुन्ने लठ्ठी, लात्ती र मुड्की प्रहार गर्दै भारतिय तस्करहरुले कुटपिट गर्दा समेत एसएसबीले कुनै प्रतिकृया नदिएको सशस्त्र प्रहरी जवान सुदिप सुनारको भनाई रहेको छ् । सिमा बस्तीमै ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान माथी कुटपिट भएपछि स्थानियहरुको सिमा बस्ती सुन्दरनगरमा ठुलो स्थानियहरुको उपस्थिती जम्मा भएको थियो । स्थानियहरुले नेपाली प्रशासन निकै लाचार रहेको भन्दै बिरोधमा टायर समेत जलाएका थिए ।

जनताको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी जवानलाई भारतिय तस्करको एक गिरोहले कुटपिट गर्दा समेत नेपाली प्रशासन मौन बसेको भन्दै स्थानियबासीले स्थानिय प्रशासनलाई सराप्न थालेका थिए । घट्नास्थलमा ठूलो संख्यामा स्थानियहरुको उपस्थिती जनाएर बिरोध पनि गरे तर नेपाली प्रशासन भोली मिलाउने भन्दै फर्किएको बताईएको छ् । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरीको एक टाली घट्नास्थलमा पुगेको थियो । ‘ड्युटीमा रहेका सशस्त्र प्रहरी जवानलाई भारतीय तस्कर गिरोहले कुटेर जान्छन, हाम्रो प्रशासन केही गर्न सक्ने हिम्मतनै देखाउदैन्’ नाउ उल्लेख नगर्ने सर्तमा एक स्थानिय भन्छन्– ‘जाबो जनताको जिउ धनको शुरक्षाको ग्यारेन्टी के गर्लान् ।’ घट्नाको बिषयलाई लिएर सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोली आज भारतको उत्तराखण्ड झनकैया स्थित प्रहरी थानामा उजुरी दिन पुगेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) का सशस्त्र प्रहरीका जवान सुदिप सुनारले आफुलाई कुटपिट गर्ने ५ जना भारतिय नागरिकको नाउमा उजुरी दर्ता गरेको बताईएको छ् । भारतको उत्तराखण्ड मेलाघाट निवासी अर्जुन कुमार, सुरज, जवन, चन्द्रपाल र कलुवा नाउ गरेको ५ भारतिय नागरिकको नाउमा भारतको उत्तराखण्ड झनकैया स्थित प्रहरी थानामा उजुरी दर्ता गराएको समाचार श्रोतले बतायो ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत गिरी र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराको टोली भारतको झनकैया थाना पुगेको थियो । तर भारतिय प्रहरीले कारवाही भन्दा मिल्न दवाव दिएपछि नेपाली सुरक्षा टोली उजुरी दर्ता गराएरै मात्रै फर्किएको थियो । प्रहरी जवानलाई आक्रमण गर्ने मध्य एक भारतिय नागरिक अर्जुन कुमारलाई झनकैया थानाले हिजै देखि नियन्त्रणमा लिएको बताईएको छ् । अर्जुनले आफुले आक्रमण नगरेको र उल्टो आफु माथी शसस्त्र जवानले आक्रमण गरेको आरोप लगाउदै झनकैया थानामा उजुरी दिएको सशस्त्र प्रहरी जवान सुदिप सुनारले बताएका छन् । यस्तै ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीमा समेत उनिहरु बिरुद्ध उजुरी दर्ता गरिएको सशस्त्र प्रहरी जवान सुनारले बताए । हिजो राती भएको सशस्त्र प्रहरी जवान माथी भएको आक्रमणको बिषयलाई लिएर दोधारा चाँदनी नगरपालिकाको नेपाल– भारत सिमा क्षेत्र कडाई गरेको स्थानियहरुको भनाई रहेको छ् ।

ताजा समाचार

This will close in 10 seconds