कांग्रेस बैतडीमा देउवा समूहको प्यानल घोषणा, सभापतिमा शिवराज भट्टको उम्मेदवारी


बैतडी – नेपाली कांग्रेसको आसन्‍न १४ औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्व चयनका लागि संस्थापन (देउवा) समूहले आफ्नो प्यानल घोषणा गरेको छ। संस्थापन समूहले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टलाई अघि सारेको छ। यसैगरी उपसभापतिमा वर्तमान सचिव तथा सुर्नया गाउपालिकाका अध्यक्ष वीरबहादुर बिष्ट र पूर्व उपसभापति तथा सिगास गाउपालिकाका अध्यक्ष हरिसिंह धामीलाई उम्मेदवार बनाएको छ।
जिल्ला सचिवमा भने रमेश भण्डारी र कर्ण बोहराले उम्मेदवारी दिने पक्का भएको छ। यसैगरी उपसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ। संस्थापन पक्षमा एकै हैसियतका नेताहरू धेरै भएकाले उम्मेदवार छनोट गर्न ढिलाइ भएको नेताहरूले बताएका छन्। संस्थापन समूहले आफ्नो पक्षमा ७० प्रतिशत आउने दाबी गरेको छ। बैतडीमा कांग्रेसको जिल्ला अधिवेशन १५ असोजमा हुनेछ।

Loading Viewer...

ताजा समाचार

spot_img