संविधान दिवस : भीमदत्त नगरपालिकाद्वारा वक्तृत्वकलामा विजेता विद्यार्थीलाई पुरस्कार

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । दिवसकै अवसमार पारेर भीमदत्त नगरपालिका शिक्षा शाखाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यार्थीमा राष्ट्रप्रतिको सद्भावका लागि संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार प्रतियोगितमा फ्लोरिडा ईन्टरनेशनलका छात्र भिष्मराज जोशी प्रथम भएका छन । महेन्द्रनगर मावि(साधारणका)का छात्रा रिया धामी द्वतिय, सिद्धनाथ मावि जिमुवाका धनीराम लावड तृतिय भएका छन । भने बैजनाथ मावि महेन्द्रनगरका छात्रा कृति पन्तले सान्त्वना पाएकी छिन । उनीहरुलाई क्रमस भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले ३हजार, २५ सय, १५ सयका दरले नगद पुरस्कारका साथै प्रमाण पत्र हस्तान्तरण गरेका छन । प्रमाण पत्र तथा पुरस्कार वितरण गर्दै मेयर विष्टले आगामी दिन थप मेहनत गर्न सुझाव दिए । भीमदत्त नगरपालिकाले ऐतिहासिक दिवसका अवसरमा विद्यार्थी सहभागि गराएर वक्तृत्वकता प्रतियोगिता गरेको भन्दै सामुदायिक विद्यालयले नगरपालिका प्रति आभार प्रकट गरेका छन ।

महेन्द्रनगर मावि (साधारण)का सहायक प्रअ सरस्वती धामी(भाट)ले नगरपालिकाले ऐतिहासिक दिवसको अवसमा विद्यार्थीमा राष्ट्रभावको प्रेरणा जगाउने उदेश्यले गरेको कार्यबाट विद्यार्थी थप पुर्नताजिकिरण हुने बताईन । ‘विद्यार्थी विचमा गरिने यस्ता प्रतियोगिताबाट आफ्नो मौलिकता एव राष्ट्रप्रतिको भावनाको विकास हुन्छ ‘सहायक प्रअ सरस्वतीले भनिन, ‘भावि दिनमा समेत नगरपालिकबाट हुने यस्ता कार्यक्रमले विद्यार्थी उर्जा थप्नेछ ।’ प्रतियोगितमा भीमदत्त नगरका १८ विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds