कञ्चनपुर : पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेमाथि कुटपिट गर्ने गिरोहका सुरेश खत्रीले माफि मागेका छन । कञ्चनपुरका पत्रकार धामी र युवा उद्यमी पाण्डेमाथि गत शुक्रबार बेलडाँडी गाँउपालिका २ चवन्नी बजारमा अनाहकमा कुटपिट गर्ने खत्रीले प्रहरी समक्ष माफि मागेका हुन ।

आइतबार इलाका प्रहरी कार्यालय बेलडाँडीमा खत्रीले पत्रकार धामी र युवा उद्यमी पाण्डेसग लिखित माफि मागेको नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सदस्य रमेश भट्टले बताए । पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान जिल्ला सदस्य तथा बेलडाँडी पोष्ट साप्ताहिक पत्रिकाका सह सम्पादक पत्रकार धामीमाथि कुटपिट भएको विषयमा महासंघले समेत प्रेस विज्ञप्ती जारी गर्दै दोषि उपर कार्बाहीको माग गरेको थियो ।

पत्रकार महासंघका सदस्य भट्ट, प्रहरी, भद्र भलादमी स्थानीयकै रहोबरमा खत्रीले माफि मागेका थिए । जानेर नभई अन्जानमा कुटपिट गरेको स्वीकार गर्दै अब उपरान्त आफुबाट गल्ती नहुने प्रतिबद्धता जाहेर गरेका छन ।







