कञ्चनपुर : कञ्चनपुरका समाजसेवी, निर्माण व्यवसायी तथा राजनीतिकर्मी निरन्जन प्रशाद भट्टललाई जनसेवा श्री पदकबाट विभूषित गरिएको छ । आइतबार संविधान दिवसका अवसरमा निङलाशैनी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भट्टलाई समाजिक सेवा गरे बाफत जनसेवा श्री पदकबाट विभूषित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले भट्टलाई जनसेवा श्री पदकबाट विभूषित गरेकी छिन ।

कञ्चनपुर निर्माण व्यवसायी संघका पुर्व बरिष्ठ अध्यक्ष, वाईआर कन्ट्रक्सन प्रालिका संचालक एव नेपाली काँग्रेस भीमदत्त नगरपालिका १५बाट क्षेत्रीय प्रतिनिधीमा निर्वाचित राजनीतिकर्मी समेत रहेका भट्टलाई संविधान दिवसका अवसमार विभूषित गरिएको थियो । भट्टलाई समाजिक सेवा शैक्षिक क्षेत्रमा योगदान पु¥याए बाफत सम्मान गरिएको हो । उनी अहिले नेपाली काँग्रेंस क्षेत्र नम्बर ३बाट महाधिवेशन प्रतिनिधीको उम्मेदवार समेत हुन । जनसेवा श्री पदकबाट विभूषित भएका समाजसेवी भट्टले थप पदमबाट थप समाजिक क्षेत्रमा सेवा गर्ने उत्साह जगाएको बताए ।







