फ्लोरिडा ईन्टरनेशन विद्यालयका संस्थापक स्व. प्रतापराम लोहार प्रवल जनसेवाश्री पुरुस्कारद्वारा सम्मानित

कञ्चनपुर : संविधान दिवसको अवसरमा स्व.प्रताम राम लोहारालाई प्रवल जनसेवाश्री पुरुस्कारले सम्मानित भएका छन् । समाज सेवामा विशेष योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको छ । दार्चुला जन्मथलो भएका लुहार एक सफल राजनितीज्ञ पनि हुन् । उनले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पूर्व विज्ञान तथा भौतिक सहायक मन्त्री भई सकेको छन् । उनले कञ्चनपुरमा फ्लोरिडा माध्यमिक विद्यालयको संस्थापक रहि हजारौ अनाथ बालबालिकालाई शिक्षा दिनुको साथै शिक्षा क्षेत्रको लागि महत्वपुर्ण योगदान दिएका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गरेकी हुन्।

उनी सुदूरपश्चिमको दार्चुला जिल्लाको दुर्गम गाउ“मा जन्मिएका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका लुहारले राजनीति शास्त्रमा एम.ए.गरेका थिए । धेरै वर्ष पूर्वप्रधानमंत्री लोकेन्द्र बहादुर चन्दको पिए भएर काम गरे । उनी तत्कालिन गाउँफर्क राष्टिय अभियानका महाकाली अंचल सचिव समेत भएर काम गरेका थिए । २०४६ पछि उनी २०६७ साल सम्म कमल थापासंग पनि नजिक रहेर काम गरे । त्यही बेला शाही शासनको समयमा विज्ञान तथा भौतिक सहायक मन्त्री बनेका हुन् । पछि नेपाली काँग्रेसमा प्रवेश गरे लगतै मानार्थ केन्द्रीय सदस्य पनि भए । उनी शिक्षाप्रेमी पनि थिए । उनकै नेतृत्वमा काठमाडौं र महेन्द्रनगरमा वालगृह निर्माण भएको छ ।  जहा निर्धन, गरीब, असाहय बाल बालिका लाई निःशुल्क पढाईन्छ । उनले दलित समुदायको विकासको लागि काम गरेको हुदा भारत सरकारले डा.अम्बेडकर पुरस्कारले सम्मान गरेको थियो ।

सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिएको छ। राष्ट्रपति भण्डारीले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरेकी छन्।

विभूषण, अलङ्का र पदक पाउनेहरूको नाम आजको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेखसमेत गरिएको छ।

 

ताजा समाचार

This will close in 10 seconds