कञ्चनपुर: नेकपा एकिकृत समाजवादी बेदकोट नगरको युवा र विद्यार्थीको भेला भएको छ । शनिबार दैजिमा युवा र विद्यार्थीको नगर भेलाले पुरानो एमाले (नेपाल) पक्षीय युवा र विद्यार्थीको कमिटि पुरै समाजवादीमा परिणत भएको घोषणा गरिएको छ । नेकपा एकिकृत समाजवादी बेदकोटका युवा विद्यार्थी नेता केशव खडकाले एकै दिन युवा संघ र अनेरास्ववियूको नगर भेला सम्पन्न भएको बताए ।

उनका अनुसार गणेश रोकाया नेतृत्वमा युवा सघ नगर कमिटि र तिलक भट्ट नेतृत्वमा अनेरास्ववियू बेदकोट नगर कमिटि विस्तार भएको बताए । ‘दुवै कमिटि ५१/५१ सदस्यीय चयन भएका छन, ‘उनले भने, ‘अब बेदकोटमा समाजवादीका भातृ संगठन युद्धस्तरमा जान्छन ।’ अनेरास्ववियूका केन्द्रीय सदस्य तथा नेकपा एकिकृत समाजवादी बेदकोट नगर सदस्य तोयराज जोशीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुर क्षेत्र २का संयोजक एव समाजिक विकासमन्त्री लाल बहादुर खडकाको प्रमुख आथित्यमा कार्यक्रम भएका थिए ।







