कञ्चनपुर : कञ्चनपुरको बेदकोट र भीमदत्त नगरका महिलाले बैजनाथ महिला बहुउदेशीय सहकारी संस्था खोलेका छन । बेदकोट नगरपालिका ६ गाउजी(पुतली) बजारमा मुख्य कार्यालय स्थापना गरेर बेदकोट, भीमदत्त सहितको कार्य क्षेत्र बनाएका छन । बिहीबार एक कार्यक्रमका विच सहकारी महासंघका केन्द्रीय सदस्य माधव जोशीले सहकारीको समुदघाटन गर्दै महिला समुहको जागरणबाट खोलिएको सहकारीको कामना गरेका छन । बैजनाथ महिला बहुउदेशीय सहकारीका अध्यक्ष तुलसी जोशीले ग्रमिण महिलाको आर्थिक उत्थानका लागि सहकारी संचालमा ल्याएको बताईन ।

०६० सालमा स्थापना गरिएको बैजनाथ भजन कितन समुहले नै सहकारी खोलेका थिए । बैजनाथ भजन कितन महिला समुहकी संस्थापन जोशी नै अहिले सकारीको अध्यक्ष नेतृत्व सम्हाल्दै छिन । झण्डै १८ बर्ष अघि भजन कितन मण्डली समुहका महिलाले संचालनमा आएको समुहलाई अहिले सहकारीमा परिणत गरेका हुन ।मासिक ५ रुपैया जम्मा गर्दै आएको रकम सदुपयोग गर्दै ग्रामीण भेगका महिलाको आर्थिक उन्नतीका लागि सहकारी संचालनमा ल्याएको अध्यक्ष जोशीले बताईन ।

उनका अुनसार अहिले १ सय २० शेयर सदस्य सहित २१ लाख पुँजी संकलन गरिएके छ । सहकारीकी लेखा समिति संयोजक पुजा भट्टले ०६० सालमा स्थापना गरिएको भजन कितन मण्डली समुहले २७ फागुन ०७७ मा भेला गरि सहकारी खोल्ने निर्णय अनुरुप २२ साउन ०७८ मा प्रदेश सरकारमा फाईल बुझाएर २० भदौँ ०७८ मा दर्ता भएको बताए । बैजनाथ महिला बहुउदेशीय सहकारकी उपाध्यक्ष मञ्जु सिहले संचालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।







