एमाले निकट शुक्लाफाँटा नगरपालिको युवा संघ समाजवादीमा परिणत


कञ्चनपुर: नेकपा एमाले निकट युवा संघ शुक्लाफाँटा नगर कमिटी नेकपा (एकीकृत समाजवादी) को युवा सघमा समाहित भएको छ । युवा संघका नगर अध्यक्ष हर्क विसीको अध्यक्षता र एकीकृत समाजवादीका युवा नेता एवं अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्तको प्रमुख आतिथ्यतामा बिहीबार वसेको वैठकले एमाले निकट युवा संघलाई समाजवादीको युवा संघमा परिणत भएका समाजवादी विद्यार्थी युवा नेता रमेश पन्तले बताए ।

उनका अनुसार वैठकमा युवा संघका केन्द्रीय सदस्य दिनेश भण्डारी, अनेरास्ववियूका केन्द्रीय सदस्य कमल एस के र टिकाराम तिवारी, एकीकृत समाजवादीका युवा नेता शुनपा ११ का वार्ड सदस्य जय वहादुर विष्ट सहितको उपस्थिती रहेको थियो । वैठकमा आसन्न जिल्ला भेलाको तयारी र संगठन विस्तारका विषयमा छलफल गरी जिम्मेवारी तोकिएको छ ।

युवाहरूको महत्वपूर्ण उपस्थिति रहेको वैठकमा एमालेमा भएको विद्रोह र एकीकृत समाजवादी पार्टीको अवको वाटो, कम्युनिष्ट आन्दोलन र माक्र्सवाद लगायतका विषयमा अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले प्रशिक्षण दिएका थिए । कार्यक्रममा समाजवादी पार्टी शुक्लाफाँटा नगरका नेता कार्यकर्ताहरुको ससहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img