विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं : नवलपरासी (पूर्व), गैडाकोट नगरपालिका-१० स्मृती पुलस्थित सडकमा सुदूरपश्चिम प्रदेश-०२-००१ ख ११२३ नम्बरको बस र ना.६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बस करिब १० फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते सवार र दुवै चालक सहित २४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भरतपुर चितवन लगिएको छ ।

चितवन, भरतपुर महानगरपालिका ३ लाईन्स चोकस्थित सडकमा ना.८ ख ६२४९ नम्बरको ट्रकले ना.३९ प २०९३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका.१० बस्ने ३१ वर्षीय यदुराज पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, बेदकोट नगरपालिका.८ कलकत्तास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका-१० बस्ने २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ताजा समाचार

This will close in 10 seconds