जबरजस्ती करणी गरेको अभियोगमा तिन जना पक्राउ


दाङ : १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।

ती किशोरी बुधबार साँझ तिजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले जबरजस्ती करणी गरेको आरोप लागेको छ। उनीहरुलाई हाँसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरी यस बारेमा थप अनुसन्धान भई रहेको हाँसीपुर प्रहरीले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img