उमेश सिह धामी \कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नं.१८ निवासि विनय कलौनीले आफ्नी छोरी बिनिसा कलौनीको न्वारनको अवसर पारेर समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यान्न बितरण गरेका छन । उनले अनाथालयलाइ ५० किलो चामल, ५किलो दाल ५ किलो आलु,२ किलो नुन २ लिटर तेल, २ किलो चिनी, आधा किलो घ्यु २ लिटर तेल धनिया जिरा हल्दी लगायतको मसला समेत बितरण गरेका छन । छोरीको न्वारनको अवसरमा उनले बालबालीकाहरुलाइ मिठाइ समेत बितरण गरेका छन । ठुलो पार्टी भेला गरेर फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिकालाइ थोरै भएपनि सहयोग पुगोस भनेर आफुले सहयोगको हात अगाडी बढाएको उहाको भनाइ रहेको छ । अनाथालयमा खाद्यान्नको अभाव हुने गरेको र दाताको सहयोगले चलेकोले सबैले यस प्रकारको सहयोग जारी राख्नुपर्ने समेत उहाको भनाइ रहेको छ ।

यस प्रकारको सहयोग गर्ने परंपराको शुरुवातको लागि समेत आफुले अनाथालयमा खाद्यान्न बितरण गरेको उहाले बताउनुभएको छ । यसरी नै बिभिन्न जन्मोत्सव र बर्षगाठ पारेर दाताहरुले दिने दानले बन्दो बस्तीको समान देखि अनाथ बालबालिकाहरुको खानपीनको सबै समस्या टर्ने गरेको छ । अझै पनि अनाथालयका बालबालिकाहरुले चाहे अनुरुप मिठो मसिनो खान पाएका छैनन । सरकारको पुर्ण स्वामित्वमा रहेको यो अनाथालय संघियता कार्यान्वयन संगै कसको मातहतमा छ भन्ने जानकारी समेत छैन । सरकारबाट आउने अनुदान समेत आउन छोडेपछि समाजसेवी र दाताको भरमा अनाथालय चलाउनै मुस्किल रहेको अनाथालयका प्रमुख शंकर बहादुर चन्दले जानकारी दिनुभएको छ । बिभिन्न दाताहरुले नै आफुहरुलाइ खाद्यान्न र लुगाकपडा दिदै आएको अनाथ बालबालिकाहरुको भनाइ रहेको छ ।

दाताहरुले दिनै खाद्यान्न र बन्दोबस्तीको समान प्रयाप्त नहुने भन्दै अनाथ बालबालिकाका सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समाजसेवी पदमराज कलौनीको भनाइ रहेको छ । बालबालिकाको रेखदेखको जिम्मेवारी सरकारको हुने समेत उहाले बताउनुभएको छ । अनाथालयमा हाल तीस जना भन्दा बढी बालबालिका रहेका छन । अन्य टुहुरा र सडक बालबालिका आश्रयका लागि आउने गरेको भएपनि खानपान, बन्दोबस्ती र शिक्षा दिक्षाको व्यवस्था गर्न नसकिने भएका कारण भर्ना लिन नसकिएको अनाथालयले जनाएको छ ।







