दोधारा : नेपाली कांग्रेस दोधारा चाँदनीले १० वडा मध्ये अधिकांश वडाको नेतृत्व युवालाई सुम्पेको छ् । पार्टीलाई गतिशिल र बिगतका भन्दा फरक शैलीले अघि बढाउन युवा नेतृत्व आवश्यक ठहर गर्दै अधिकांश वडाको जिम्मा युवाको काँधमा सुम्पिएको हो । अहिले सम्म पाका पुस्ताले कांग्रेस चलाउदै आएका छन् । अब युवाको काँधमा नयाँ जिम्मेवारी बोधका साथ कांग्रेस अगाडी बढ्दैछ भन्ने सन्देश दिन युवा नेतृत्वलाई अधिकांश वडाको जिम्मेवारी सुम्पेको नेपाली कांग्रेस दोधारा चाँदनी नगरकार्य समितिका सदस्य सुरेश गिरीले बताएका छन् । ‘कांग्रेस दोधारा चाँदनीको बिभिन्न वडामा युवाको राम्रो उपस्थिती देखिएको छ् । नेपाली कांग्रेस युवाहरुले संगठन चुस्त दुरुस्त र समयानुकुल अघि बढाउन सक्छन भन्ने मान्यता राख्छ् ।

राजनितिक अनुकुल परिस्थितीमा समेत वडा हाँक्न सक्छन् भन्ने युवा प्रतिको विश्वास पनि छ्’ नेपाली कांग्रेस दोधारा चाँदनी नगरकार्य समितिका सदस्य सुरेश गिरीले भने । ‘विज्ञान÷प्रबिधी संग युवाहरुलाई सहजै जोडिने भएकोले दोधारा चाँदनीका अधिकांश वडा युवाको नेतृत्वमा चल्ने गरि नेतृत्व चयन गरिएको हो ।’ युवालाई नेतृत्व सुम्पने बहानामा पाका पुस्तालाई अपहेलना भने नहुने नेपाली कांग्रेसका नेताहरु बताउछन् । पार्टी संगठन बचाउने पाका पुस्ताका पनि उचित समयमा उचित खालको सम्मान हुदै आएको बताईएको छ् । अमर बहादुर बम, कमलापती भट्ट, तेज सिंह थापा, महाबिर चन्द, हजारी चन्द, तुलाराज शाही, सुशील राना मगर, टीका उपाध्याय, पदम बहादुर रावत, चन्द्र बहादुर सिंह वडाहरुका सभापती पदमा चयन भएका छन् । सभापती हुनेमा अधिकांश युवा पुस्ता रहेका छन् । अधिकांश वडा युवाको हातमा थम्याई दिएकोमा पाका पुस्ता नेता कार्यकर्ताले ठुलो अवसर प्रदान गरिदिएको नेपाली काग्रेंसका नेता बेल बहादुर राना मगर बताउछन् ।

वडा नं. ६ को नेपाली काग्रेंस वडा कार्य समितिमा वडा उपसभापती पदमा भुवन आले मगर चयन भएका छन् । आले युवा पुस्ताका नेता हुन् । उनि दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का निर्वाचित वडा सदस्य पनि हुन् । ‘सबैको साथ सहयोगले वडाको नेतृत्व तहमा पुग्न सफल भएको छु । सबैको साथ र सहयोगले वडामा काग्रेंसलाई बलियो बनाउदै लग्छु’ भुवन आले मगरले भने । नेतृत्वले युवापुस्तालाई जिम्मेवारी दिने र युवाहरुले पार्टीमा आफ्नो भूमिका खोज्ने र दबाबमुलक कार्यक्रम सृजना गरेर बलियो उपस्थिती देखाउने सन्दर्भमा प्राप्त परिणाम स्वरुप धेरै जसो वडामा युवाको बाहुल्यता देखिएको नेपाली काग्रेंस दोधारा चा“दनी नगरकार्य समिति सचिव राजेन्द्र मल्लले बताएका छन् । ‘युवा नेतृत्वका लागि अत्यन्तै खुसीको कुरा पनि हो । नेपाली कांग्रेस नयाँ तरिकाले अघि बढनेछ् । त्यही ढंगले युवा नेतृत्व प्रति आशा गरेका छौं । हिजोको नेतृत्वलाई सम्मान गर्छौं ।

पाका नेताहरुको सल्लाह सुझाव अपरिहार्य छ् । पार्टीमा क्षेत्र, प्रदेश र केन्द्र स्तरमा युवाहरुको सहभागी गराउनको लागि पहल भईरहेको छ्’ काग्रेंस दोधारा चा“दनी नगरकार्य समिति सचिव राजेन्द्र मल्लले भने । वडामा अधिकांस युवा नेतृत्व पदमा आईसकेकोले पालिका र क्षेत्र स्तरमा पनि युवालाई जिम्मेवारी दिन कन्ज्युस्याई गर्न नहुनेमा अधिकांश काग्रेंस नेताहरुको जोड छ् । ‘वडा, पालिका, जिल्ला र प्रदेश क्षेत्र स्तरमा युवाको महत्वपुर्ण सहभागिता आवश्यकता छ् । युवाको सम्मानजनक उपस्थिती हरेक क्षेत्रमा हुनुपर्छ्’ काग्रेंसका अर्का नेता दिल बहादुर सिजाली भन्छन् –‘अनि मात्र बलियो पार्टी बनाउन सकिन्छ भन्ने विषयमा आवाज उठाईरहन्थे । वडा अधिवेशमा आशा गरे भन्दा बढी युवाहरुको हातमा नेतृत्व आएको छ् । अब आउने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चत गर्न थप एकताको आवश्यकताको हो । पालिकाको सभापति लगाएत अन्य पदमा धेरै आकांक्षी भन्दा पनि एकआपसी सहमतिको आधारमा नेतृत्व छनौट गर्ने बातावरण बनाउनु पर्छ् । पाकापुस्ता नेतृत्वले पनि युवालाई नेतृत्व सुम्पेको छ् ।






