एमसिसी खारेजी र जयसिंह धामीको न्यायका लागि विरोध प्रदर्शन


कंचनपुर : मौलिक जरोकिलो पार्टी कंचनपुरले आज महेन्द्रनगरमा एमसिसी खारेजी र जयसिंह धामीको न्यायका लागि विरोध प्रदर्शन गरेको छ । एमसीसीका उपाध्यक्ष नेपाल आउन लागेको अवसर पारेर आज पार्टीले विरोध जनाएको हो । यसअघि पार्टीले विज्ञप्ति निकालेर पछिल्लो समय सरकारका गतिविधिले सरकार एमसीसी अनुमोदन गराउन उद्धत रहेको भन्दै कुनै पनि हालतमा नेपालको कानुनी सर्वाेच्चतालाई अवमूल्यन गर्ने, स्वाधीनता कमजोर बनाउने र आर्थिक परावलम्बनलाई बढाउने परियोजनाहरु अनुमोदन नगर्न सचेत गराइसकेको छ ।

No description available.

एमसीसीको विरोधमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेर सांकेतिक विरोध प्रदर्शन गरिएको थियो । एमसीसी फिर्ता लैजा,नो एमसीसी,एमसीसी चाहिदैन लागू गर्न पाईदैन, नेपाल विदेशीको प्रयोगशाला होईन,जयसिंह धामीलाई न्याय दे जस्ता नाराहरु प्रदर्शन गरिएका थिए । प्रदर्शन पछि पार्टीका जिल्ला संयोजक प्रवेश के.सी.ले आजको प्रदर्शन सांकेतिक मात्रै भएको आउँदा दिनहरुमा देशलाई विदेशीको सैन्य अखडा बनाउन खोज्नेहरुका विरुद्ध झनै शशक्त भएर लाग्ने जानकारी दिनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img