शुक्लाफाँटामा अखिल क्रान्तिकारीको संगठन विस्तार, अध्यक्षमा सिह


शुक्लाफाँटा: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको शुक्लाफाँटामा संगठन विस्तार गरेको छ । बुधबार अखिल क्रान्तिकारी शुक्लाफाँटा नगरको प्रथम भेलाले सिजन बहादुर सिहको अध्यक्षतामा अखिल क्रान्तिकारी शुक्लाफाँटा नगर कमिट चयन गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा क्रान्तिकारीको शुक्लाफाँटामा समेत संगठन विस्तार गरिएको बताए ।

उनका अनुसार उपाध्यक्ष दिपक सुनार, हरिश चन्द, सपना डगौरा, बिरेन्द्र प्रशा जोशी, सचिव दामोदर विक, सह सचिव मान बहादुर लुहार, राजमति टमाटा, धना भट्ट, सरोज धानुक कोषाध्यक्ष राधिका चौधरी र सदस्यहरुमा रविना चटौत, लक्ष्मी डगौरा, किरा चौधरी, निरुता डगौरा, निसा डगौरा, सारदा बडायक, जयन्ती तिरुवा, सुमित्रा राना, दिलिप तिरुवा, रिता राना, भुवनेश्वरी भट्ट, उमेश चौधरी, दिपेन्द्र चौधरी, लोकेन्द्र सार्की, दिपक भट्ट, माया टमाटा, पुजा धामी, कल्पना साउद, जयन्त बडायक, अस्मिता टमटा, भाष्कर लुहार, अनिता सुनार, शुनिता राना, तिलु राना, शैलेस टमाटा, पिना राना, दिलु चौधरी, किरण चौधरी, मनिसा चौधरी, लक्ष्मी पार्की रहेका छन ।

शुक्लाफाँटामा अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र राज विष्ट, उपाध्यक्ष कैलाशचन्द्र गिरी, प्रेम रावल, सचिव किशोर भट्ट, कोषाध्यक्ष सुरेश भट्ट सहित नेकपा माओवादीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img