कञ्चनपुर : एमसीसी परियोजना खारेजीको माग अघि सार्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको झलारीमा बिरोध प्रर्दशन गरेको छ । बुधबार अखिल क्रान्तिकारीले शुक्लाफाँटा नगरपालिका १० झलारीमा बिरोध प्रर्दशन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले एमसीसी सम्झौता राष्ट्रघाती र अमेरिकाले अफगानिस्तानको जस्तै नेपालको अवस्था पु¥याउँने भन्दै बिरोध प्रर्दशन गरेको बताए । बिरोध प्रर्दशन पछि कोण सभा सम्बोधन गर्दै अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र राज विष्टले एमसीसी राष्ट्रघाती आयोजना भएकाले खारेजीको विकल्प नभएको बताएका छन । संसदमा समेत टेबुल भएको एमसीसी बिरुद्धमा संसदहरुले बिरोध गरेका छन ।







