भीमदत्त नगरमा मेयर उद्यमशिलता विकास कार्यक्रम संचालन पहिलो चरणमा १४ युवाले पाए सहुलियत कर्जा

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘मेयर उद्यमशिलता विकास कार्यक्रम’ संचालन गरेकोछ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि मेयर उद्यमशिलता विकास कार्यक्तम संचालनमा ल्याएको हो । उक्त कार्यक्रमका लागि गत आर्थिक बर्ष ०७६/०७७ कार्तिकमा नगरपालिकाले नेपाल बैंक लिमिटेडसंग बेरोजगार युवाहरुलाई उद्यमशिलता बनाउनका लागि सहुलियत ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो । नगरका बेरोजगार युवाका लागि मेयर उद्यमशिलता विकास कार्यक्रम मार्फत सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि नगरपालिका र बंैंक विच भएको सहमती १० महिनापछि कार्यान्वयनमा आएको छ ।

No description available.

भीमदत्त नगरपालिकाले छनौट गरि बैंकलाई सिफारिस गरेका ३८ जना युवा मध्ये पहिलो चरणमा १४युवाले सुन्य ब्याजदरमा सहुलियत कर्जा पाएका छन । भीमदत्त नगरपालिका समाजिक विकास अधिकृत गोमती अवस्थीले मेयर उद्यमशिलता कार्यक्तम अन्र्तरगत नगरपालिकाले आब्हान गरेको सहुलियत कर्जा अन्र्तरगत आब्हान गरेको आवेदन अनुसार गत आर्थिक बर्षमा २ सय ६९ फारम भरेका थिए । जसमध्ये नगरपालिकाले उनीहरुलाई तालिम, फिल्ड भिजिट अनुगमन गरेर बैकलाई ३८जना सिफारिस गरेको बताईन । समाजिक विकास अधिकृत अवस्थीले नगरपालिकाबाट सिफारिस भएका मध्ये १४जना मात्रै छनौट भएको बताईन । ‘बाँकीको केही प्रमाण अपुग भएको देखियो, ‘उनले भने, ‘पहिलो चरणमा १४ जना युवाले सहुलियतमा कर्जा पाएका छन । दिपेश केरा खेती फर्मका सच्ाांलक देविसरा खडायतले २लाख ५० हजार, रोजी पोल्ट्री फर्मका संचालक प्रेम विष्टले ४ लाख ९० हजार बाँकी १२ जना युवाले ५लाखका दरले सहुलियत कर्जा पाएका छन । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक महेशराज जोशीले नगरपालिकाबाट सिफारिस भए आएका युवा उद्यमीका लागि जिरो ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराईएको बताए । उनका अनुसार १४ जनालाई ६७ लाख ४० हजार कर्जा वितरण गरिएको छ । युवा उद्यमीका लागि बैकले लिदै आएका ५.७३ प्लस २ गरि ७.७३ प्रतिशत ब्याजदर मध्ये ५० प्रतिशत राष्ट्र बैकले र ५० भीमदत्त नगरपालिकाले २.७५प्रतिशत तिर्ने भएपछि ऋणीले सुन्य ब्यादरमा कर्जा पाएको बताए । त्र्रमासिक रुपमा ऋर्षिले सावा बैंकलाई भुक्तानी गर्नुपर्छ ।

No description available.

भीमदत्त नगरपालिकाको मेयर उद्यमशिलता कार्यक्रम अन्र्तरगत सहुलियतामा ऋण भएकाहरुले खुसी व्यक्त गरेका छन । बिना ब्याज बिना धितो ऋण पाएको भन्दै उनीहरुले पाएको रकमलाई उद्यमशिलतामा प्रयोग गर्ने बताएका छन । बैजनाथ कुखुरा पालन फर्मका संचालक आयुष पार्कीले आफु भारतबाट फर्किसंगै गाँउमा व्यवसाय गरिरहेका बेला नगरपालिकाले प्रदान गरेको कार्यक्रम अन्र्तरगत समाहित भएको बताए । ‘म विगत लामो समयदेखि भारतमा कार्यरत थिए, ‘उनले भने, ‘कोडिभले गत बर्ष घर फर्किए सानो व्यवसाय शुरु गरेको थिए, यता नगरपालिकाले समेत सहुलियता कर्जा कार्यक्रममा सहभागि भएर ५लाख ऋण पाएको छु, व्यवसाय गर्न सहज भयो ।’ पुजा बाख्रा पालन फर्मका संचालक रामदत्त जोशीले नगरपालिकाले अघि सारेको कार्यक्रम अन्र्तरगत सहुलियत कर्जा पाएसंगै व्यवसाय गर्न सहज भएको बताए । ‘हामीले बिना धितो बिना ब्याज व्यवसायका लागि कर्जा पाएका छौँ, ‘उनले भने, ‘सहि ठाँउमा लगानी गर्छु ।’ भीमदत्त नगरका आर्थिक विकास समिति संयोजक डम्बर कार्की(डिके)ले सहुलियत कर्जा प्रवाह लिएका उद्यमीले मेहनताका साथ प्रतिफल दिनुपर्नेमा जोडदिए ।

No description available.

‘यो ऐतिहासिक कार्य भएको छ, ‘उनले भने, ‘बिना धितो, ब्याज दरमा काम गर्न चाहनेका लागि ऋण उपलब्ध गरार्ईएकोछ ।’ उनका अनुसार बेरोजगार युवा युवतीले उद्यम बन्नका लागि ५ लाखसम्म ऋण बिना धितो र ब्याजमा सहुलियतमा पाएका छन । ‘यो कार्यक्रम लागु भएपछि बेरोजगार युवा लाभान्वित हुन्छन, ‘उनले भने, ‘काम गर्ने र उद्यम बन्नेहरुका लागि कार्यक्रम प्रभावकारी हुन्छ ।’ पुरुषका लागि ३.५ प्रतिशत नगरपालिका र ५ सरकारले ब्याज बेर्होन्छ, भने महिलाका हकमा ६ प्रतिशत सरकार र २.८ प्रतिशत नगरपालिकाले बेर्होन्छ । ‘ऋणको ब्याज सरकारले बेर्होछ, ‘उनले भने, ‘ऋषि स्वयमले सावा मात्रै भुक्तानी गर्नुपर्छ ।’ भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नगरका बेरोजगार युवाका लागि आत्मनिर्भर बनाउन सहुलियत कर्जा कार्यक्रम ल्याएको बताए । कर्जा प्रवाह गैर कृषि, कृषि, उद्यमशिलता प्रर्बद्धनका लागि भएको बताउदै मेयर विष्टले एकिकृत ब्याज अनुदान दिईने बताए । उद्यम प्रर्बद्धन निर्देशिका र मेयर उद्यमशिलताका निर्देशिका अनुरुप कर्जा प्रबाह गरिएको बताए । कृषि सम्भावना बोकेको नेपालमा कृषि पशुपालन, व्यवसायिकरण गर्दै आयात घटाउने, रोजगारी बनाउने र निर्यातका लागि कार्यक्रम ल्याएको बताए । ‘कार्यक्रम मार्फत बेरोजगारी अन्त्य र आत्मनिर्भर बनाउनेछ, ‘मेयर विष्टले भने, ‘समाजवादमा श्रम, उत्पादन, लगानी र बजारिकण गर्नुपर्छ ।’ निजी क्षेत्रले समेत कार्यक्रमबाट बेरोजगारी अन्त्य हुने बताएका छन् ।

मेयर विष्टले अर्का चरणमा थप युवा समेट्ने र लगानी समेत बृद्धि गरिने बताए । बुधबार सहुलियत कर्जाका लागि छनौट भएका युवा उद्यमीलाई एक कार्यक्रमका विच चेक हस्तान्तरण गरिएको छ । भीमदत्त नगरका प्रशासकिय अधिकृत हरिसिह धामीले संचालन गरेको कार्यक्रममा आर्थिक विकास समितिका संयोजक डम्बर कार्की, नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशी सहितका जनप्रतिनिधी, कर्मचारी, बंैंकका प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds