कञ्चनपुर : नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले अबका यात्रा समाजवादीकै क्रान्तिको यात्रा जानुपर्र्ने बताएका छन । मंगलबार कञ्चनपुरमा नेता कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य न्यौपानेले अवको यात्रा समाजवादीकै क्रान्तिमा जानुपर्नेमा जोडदिएका हुन ।

‘श्रम नगर्ने व्यक्ति नेता कार्यकर्ता हुँन सक्दैन, ‘उनले भने, ‘पुँजिवादमा म हावि हुन्छ, समाजवादीमा हामी हुन्छ ।’ नेता न्यौपानेले जनताको जनचाहना अनुरुप काम गर्न आब्हान गर्नुभयो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका कार्यालय सदस्य देवेन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्तमको संचालन अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र राज विष्टले गरेका थिए । कार्यक्रममा माओवादी नेता कञ्चनपुरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







