कञ्चनपुर : कञ्चनपुरका सिमान्तकृत र दलित समुदायका महिलाका लागि कानुनी साहयता तालिम दिईएको छ ।
दलित महिला संघ(फोडो) कञ्चनपुरले भीमदत्त नगरपालिका क्षेत्रका सिमान्तकृत र दलित समुदायका महिलाका लागि कानुनी साहयता तालिम हो । मंगलबारतालिमको समापन गरिएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य निरुदेवी पालले गल्ती सहेर बस्न नहुने बताउदै उनले अधिकारका लागि आवाज उठाउनुपर्नेमा जोडदिनुभयो । बिशिष्ठ अतिथि प्रतिनिधी सभा सदस्य डा. दिपका प्रकास भट्टले अधिकारका लागि कानुनका विषय जान्नुपर्नेमा जोडदिए ।

कार्यक्रममा दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)का केन्द्रीय सचिव नर बहादुर विश्वकर्माले तालिमबाट सिकेका विषय व्यवहारिक प्रयोगमा जोडदिए । उनले स्थानीय तहमा दलित कोटाबाट वडा सदस्य भएका कानुनको अज्ञानताका कारण आफ्नो हक अधिकारबाट बोल्न नसकेको बताए । गैसस महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिनालले केही गर्नका लागि परिकल्पनामा जोडदिए ।

दलित महिला संघ(फोडो) कञ्चनपुरका अध्यक्ष लक्ष्मी विकले दलित महिला र तथा अन्य सिमान्तकृत महिलाको मानव अधिकार, समाजिक न्यायका लागि दुई दिने तालिम संचालन गरिएको बताए । उनका अनुसार कानुन बारे जानकारी दिएर उनीहरु हिन्साबाट मुक्त गराउन र अधिकारका लागि परिपक्क बनाईने बताए । उच्च आदालत दिपायल महेन्द्रनगर इजलासमा कार्यरत कानुन अधिकृत दिवानीराम लोहारले प्रशिक्षण गरिरहेका थिए । सहभागिले सिकेका कानुनका विषय व्यवहारिक लागु गर्ने बताएका छन । दलित महिला संघ(फोडो) कञ्चनपुरकी उपाध्यक्ष लक्ष्मी ताम्राकारले तालिमको संचालन गरेको समापन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।







