कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता गणेश सिह नेगीले क्षेत्र नम्बर ३को सभापतिका लागि दावि गरेका छन । दुई दशकदेखि काँग्रेस राजनीतिमा होमिएका युवा नेता नेगीले क्षेत्र नम्बर ३को सभापतिका लागि आकाँक्षा राखेका हुन । उनले क्षेत्रीय सभापतिका लागि नेता कार्यकर्ताहरुसंग भेटघाटमा जुटेका छन । ०५५ सालदेखि काँग्रेसको क्रियाशिलता लिएका नेगीले राजनीतिशास्त्रमा स्नातक गरेका छन ।

विद्यालय व्यवस्थापन समितिदेखि विभिन्न संघ संस्थाको नेतृत्व पदाधिकारी हुँदै क्षेत्रीय सचिव समेत भईरहेका नेगीले अहिले क्षेत्रीय सभापतिको यात्रा तय गरेका छन । शान्ति निकेतन माविको अध्यक्ष हुँदै तत्तकालिन महाकाली यातायात व्यवसायी समितिको कोषाध्यक्ष, पवनदुत यातायात व्यवसायी समितिको अध्यक्ष्या, निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघ हुँदै विभिन्न समाजिक संघ संस्थामा आबद्ध रहेका नेगीले क्षेत्रीय सभापतिका लागि दौडधुप बढाएका छन । ‘म समाजवादका लागि काँग्रेसमा क्रियाशिल छु, ‘उनले भने, ‘गुटको अन्त्य गर्दै काँग्रेसलाई एकढिक्का भएर अघि बढ्ने योजनाछ ।’







