राजमो कञ्चनपुरको एस.सी.सी.का विरुद्धको विरोध सभा सम्पन्न


भीमराज जोशी / कन्चनपुर : आज कञ्चनपुरको सदरमुकाम महेन्द्रगरमा राष्ट्रीय जनमोर्चा जिल्ला समितीको विरोध सभा सम्पन्न भएको छ । विरोध सभाको सञ्चालन जिल्ला सचिव अहिमान थापाले गरेका थिए भने विरोध सभामा जिल्ला अध्यक्ष राम बहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा तराइ मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, ट्रेड युनियनका प्रदेश अध्यक्ष जनक कुवर, कार्यालय सचिव लाल बहादुर कुवर, अखिल छैठौं जिल्ला अध्यक्ष भीमराज जोशी, नगर समिती सल्लाहकार नरेन्द्र प्रशाद जोशी लगायतको अथित्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम राजमोको पार्टी कार्यालयबाट ¥याली सहित मदनचोकमा गएर सञ्चालन गरिएको थियो ।

उक्त विरोध सभामा एम.सी.सी. कुनै पनि हातलमा नेपालमा लागु हुनु हुदैन, यो राष्ट्रघाती सम्झौता हो अमेरेकी सम्रराज्यवादले नेपालमा एम.सी.सी. परियोजनाका नाममा नेपाल माथी गिद्देदृष्टी रोखेको र यसले गर्दा देशमा नेपाली जनताको स्वतन्त्रताका अधिकार हनन हुने र बेदेशी सेना नेपालमा राखेर नेपालमा रहेका प्राकृतिक सम्पदामा माथी कब्जा गर्ने, अमेरेकी साम्रज्यवादको मुख्य सत्रु भनी चिनिएको चिनीमाथी निगरानी राख्ने लगायतका षडयन्त्र रहेको कुरा बताएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img