योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल)कोे भेला तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टि माओवादीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल)ले भेला तथा सदस्यता वितरण कार्यक्रम गरेको छ । सोमबार कृष्णपुर नगरपालिका– ३ मा योङ्ग कम्युष्टि लिग (वाईसिएल)ले संगठन विस्तारका साथै सदस्यता वितरण गरेको हो ।

सोमबार भएको भेलाले अध्यक्षमा भिमराज जोशी, उपाध्यक्षमा बुद्धराम चौधरी, सचिव अनिल चौधरी, स– सचिव बम ब. दमाई, कोषाध्यक्ष गीता चौधरी, लेखा आयोग कृर्षी चौधरी, अनुसासन आयोगमा मान बा. सुनार र सदस्यमा जित ब. चौधरी , राज ब. चौधरी, बल ब. दमाई विक्रम बुढा, विपीन भट्ट, आशिष चौधरी, विश्वजीत चौधरी, सुरेश चौधरी, अभिषेक चौधरी सुरेश चौधरी, विमला चौधरी मनीराम चौधरी, बिर चौधरी, लक्ष्मण चौधरी, रविन चौधरी, सन्तोष कडारा, दिनेस धानुक, दिपक विक, अनुजा चौधरी, सुरतलाल सुनार, दिपेन्द्र खत्री, सारदा चौधरी, सर्मिला चौधरी, हरिलाल चौधरी, मुकेश डगौरा, दिल खुश चौधरी चयन भएका छन् ।

‘समाजमा भएका बिकृति र बिसंगती सगै लड्दै आएको (वाईसिएल) अब गरिब जनता, अन्याय, अत्याचारमा परको वर्गको न्यायको लागि झन् शसक्त भएर आउने’ पार्टिका प्रदेश कमिटि सदस्य अमिन दहितले बताउनु भयो । संगठनका नगर इन्चार्ज दिपेन्द्र कार्कीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि पार्टिका प्रदेश कमिटि सदस्य अमिन दहित, विशिष्ट अतिथिमा मननिय संविधान सभासदस्य कमल क्षेत्री, खेमराज पाण्डेय, विमस्ता चौधरीको, पत्रकार महांसघका जिल्ला सचिव राजेन्द्र अवस्थी लगायतको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds