कञ्चनपुर : पीडित तथा एकल महिलाहरुको समस्याको समाधान गर्न बनेको द्वन्द्व पीडित तथा एकल महिला विकास संस्थाले हाल सम्म हजारौं महिलाको दुःख कष्टमा उनीहरु सँग काँधमा काँध मिलाएर उनिहरुको न्यायको लागि लडेर न्याय दिलाउन सफल भएको छ भने कयौं पिडत महिलाहरुलाई न्याय दिलाउनको लागि अहिले पनि लागी परेको छ ।
आइतबार द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले १४ औं वार्षिकोत्सव तथा १४ औं साधारण सभा भव्यताका साथ मनाएको छ ।

१४ औं वार्षिकोत्सवको उपलक्ष्यमा पीडित महिलाको पक्षमा वकालत गर्ने ६ जना सम्मान गरेको छ । सम्मान हुनेमा जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक हरिकाला रामजाली, कञ्चनपुर पत्रकार महासंघका जिल्ला सचिव तथा जनसरोकार पोष्टका प्रकाशक राजेन्द अवस्थी, एकल महिला लक्ष्मी क्षेष्ठ, पुर्व शान्तिदूत तथा पत्रकार टिकाराम तिवारी, नारी उत्थान भुवन कुवर अध्यक्ष, वेदकोट २ छेला कि अनिता चौधरी लाई संस्थाले सम्मान गरको छ भने संस्थाको स्थापना काल देखि नै सल्लाहकार भएर सेवा दिदैं आउनु भएकी पुनम चन्द हाल सुर्खेत उच्च अदालतमा न्ययाधिस भएर गए पछि वहाँलाई स–सम्मान विदाई गरेको छ ।

आज भएको वार्षिक साधारण सभाले नयाँ कार्य समिती पनि चयन गरेको छ । जसमा अध्यक्ष सीता बोहरा, उपाध्यक्षमा ईश्वरी बोहरा, सचिव सन्तोषी चौधरी, सह–सचिव खगेश्वरी पाण्डेय, कोषध्यक्ष पार्वती भट्ट, सदस्य मिना धामी, लक्ष्मी श्रेष्ठ, सोनीया डगौरा, धेपडी धामी रहेका छन् ।







